साप्ताहिक राशिफल: भदौ १६ देखि २२ गतेसम्म



मेष
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । शनिबार, मंगलबार र बुधबार धनलाभ, सुखशान्ति, कार्य सफल होला । कोसेली, पुरस्कार प्राप्ति, साथीभाइबाट सहयोग प्राप्त हुने देखिन्छ । खाद्यान्न प्राप्तिको समेत सम्भावना छ । तर बाँकी दिनहरु त्यति उपलब्धिमूलक देखिँदैनन् । चोटपटक, स्वास्थ्य समस्या, आँखामा समस्या आउन सक्छ । साथै आम्दानी कम हुँदा खर्च धान्न धौ–धौ पर्ला ।

वृष

तपाईंका लागि यो साता मिश्रित फलदायक छ । आज शनिबार खर्च, रोगव्याधिको सम्भावना छ । तर भोलिदेखि सोमबारसम्म खुशीयाली, कार्य सफल, आम्दानी होला । त्यसपछि बुधबारसम्म आर्थिक भार एवं तनाव बेहोर्नुपर्ला । के गरौं, कसो गरौंको स्थिति होला । साताको अन्त्यका बाँकी दिनहरुमा पुनः उत्साह, उमंग बढ्ला । शुभ समाचार, आर्थिक लाभ, उपहारादि वस्तु प्राप्ति हुने देखिन्छ ।

मिथुन
तपाईंका लागि यो साता ठिक्कै फल दिनेवाला छ । साताको शुरु शनिबार अनि साताको मध्य मंगलबार र बुधबार सुखशान्ति होला । कोसेली, पुरस्कार प्राप्ति, कार्य सफल हुने देखिन्छ । मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ । तर बाँकी दिनहरु उपलब्धिमूलक देखिँदैनन् । धनहानि, मानसिक तनाव, चोटपटक, स्वास्थ्य समस्या हुनसक्छ । आम्दानीको तुलनामा खर्च धेरै होला । काममा बाधा होला ।

कर्कट ः
तपाईंका लागि मंगलबार र बुधबारबाहेक साताका सबै दिन उत्तम फलदायक देखिन्छन् । साथीभाइ, इष्टमित्रबाट सहानुभूति प्राप्त होला । खाद्यपदार्थ, उपहार, मिष्ठान्न भोजन पाउने सम्भावना छ । पेसा–व्यापारमा सफलता मिल्ला । परिवारमा समेत सुखानुभूति हुनेछ । तर मंगलबार र बुधबार भने अनेक उल्झन बेहोर्नुपर्ला । हुन लागेको काममा बाधा नहोला भन्न सकिन्न । स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह ः
तपाईंका लागि यो साताका धेरैजसो दिनहरु फलदायक नै देखिन्छन् । कार्य सफल, स्वस्थता, भाग्योदय, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । प्रतियोगितात्मक कार्यमा विजयको संकेत देखिन्छ । धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना छ । समस्याको समाधान एवम् अधुरा कार्य पूरा होला । तर बिहीबार र शुक्रबार भने काममा व्यवधान, स्वास्थ्य समस्या, आर्थिक नोक्सानी नहोला भन्न सकिन्न ।

कन्या ः
तपाईंका लागि यस साताको पछिल्ला दिनहरु उत्तम फलदायक छन् । राज्यबाट लाभ होला । इज्जत–प्रतिष्ठामा वृद्धि होला । पढाइ–परीक्षामा सफलता हात लाग्ने देखिन्छ । आर्थिक लाभ हुने सम्भावना छ । खाद्यान्न, भोजनादि वस्तु प्राप्ति होला । तर सोमबारसम्म चाहिँ शारीरिक कष्ट, काममा बाधा, रोगव्याधिको भय, खर्च होला । जुनसुकै कुरामा पनि अलि सावधानी अपनाउनुपर्ने देखिन्छ ।

तुला ः
यो साता आंशिक फलदायक देखिन्छ । साताको शुरु र अन्त्यका दिनहरुमा अलि प्रयास गरेमा आर्थिक लाभ होला । कुनै पनि कुरामा विजय हुने सम्भावना छ । कार्यसिद्धि, मानमर्यादामा वृद्धि होला । तर आइतबारदेखि बुधबारसम्म तनाव, धन हानि, कार्य असफल हुने देखिन्छ । निरर्थक दौडधुप होला । शोकसन्ताप, साथीभाइसँग विवाद हुन सक्छ । सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

वृश्चिक ः
साताको पूवार्ध भाग धेरै उत्तम फलदायक छ । धनलाभ, मानसम्मान, समस्या समाधान, बाहन सुख हुनेछ । परीक्षा, खेलकुद, मुद्दामामिलामा विजय हुने सम्भावना छ । लाभकारी यात्राको सम्भावना छ । शुभ समाचार मिल्ला । तर मंगलबारदेखि दिनहरु त्यत्ति फलदायक देखिँदैनन् । रोगको भय, कार्यमा बाधा, आर्थिक नोक्सानी हुने देखिन्छ । राज्यबाट भय, अपयश, प्रतिष्ठामा आँच आउने सम्भावना छ ।

धनु ः
आज समय अनुकूल नभए पनि भोलिदेखि बुधबारसम्मका दिनहरु उपलब्धिमूलक छन् । थालेका काम पूरा होलान् । आफन्तबाट राम्रै सहयोग पाइनेछ । राम्रै काम बन्नेछ । सामान्य परिश्रमबाट पनि केही आम्दानी होला । खाद्यान्न प्राप्ति होला । तर साताको अन्त्यका दुई दिन भने राज्यका तर्फबाट डर, मान–प्रतिष्ठामा कमी, स्वास्थ्यमा समस्या हुने सम्भावना छ । सतर्कता अपनाउनुहोला ।

मकर ः
तपाईंका लागि साताको धेरैजसो समय फलदायक नै देखिन्छ । हुन त सोमबारसम्म रोगव्याधिको भय, शारीरिक कष्ट, काममा बाधा, आकस्मिक खर्च होला । तर मंगलबारबाट क्रमशः समस्या समाधान हुनेछन् । राज्यका तर्फबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइ वा परीक्षा प्रतियोगितामा सफलता हासिल हुनेछ । राजनीतिमा सफलता, कतैबाट आर्थिक लाभ एवम् खाद्यान्न प्राप्ति हुने सम्भावना छ ।

कुम्भ ः
यो साता आंशिक फलदायक देखिन्छ । साताको शुरु शनिबार र अन्त्यका दिनहरु राम्रो फल दिनेवाला छन् । आर्थिक लाभ हुने सम्भावना छ । परीक्षा, खेलकुदजस्ता प्रतिस्पर्धामा विजय हुने देखिन्छ । कार्य सफल हुने, मानप्रतिष्ठामा वृद्धि हुनेछ । तर आइतबारदेखि बुधबारसम्मका दिनहरु भने सन्तोषजनक देखिँदैनन् । तनाव हुने, धन हानि हुने,, कार्य अधुरो हुने देखिन्छ । निरर्थक दौडधुप गर्नुपर्ने होला ।

मीन ः
तपाईंका लागि आइतबारदेखि बुधबारसम्मका दिनहरु उत्तम फलदायक देखिन्छन् । आर्थिक लाभ हुने प्रबल सम्भावना छ । परीक्षा, खेलकुदजस्ता प्रतियोगितामा विजय हुने देखिन्छ । कार्य सफल होला । मान बढ्नेछ । तर बिहीबारदेखि भने दिनहरु सन्तोषजनक देखिँदैनन् । आर्थिक अभाव होला । तनाव हुने, कार्य अधुरो हुने देखिन्छ । अशुभ समाचार आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्