ओम नमः शिवाय भन्दै अस्ताए रिमाल



विदुर गिरी, काठमाडौं
रेडियो नेपालका प्रथम गायक, अग्रणी रंगकर्मी तथा अभिनेता हरिप्रसाद रिमाल घर परिवारका साथ अब म जान्छु भन्दै ९३ वर्षको उमेरमा संसारबाट अस्ताउनुभएको छ।

बिहीबार राती ८ बजे नै परिवारस“ग अब म जान्छु भनेर निधनको संकेत गर्नुभएका रिमालले शुक्रबार बिहान १ बजेर ७ मिनेटमा निवासमै अन्तिम श्वास फेर्नुभएको थियो । ‘म उहा“लाई भेट्न गएको थिए“। स्थिति खराब भएको पाएपछि त्यही“ बसे“। बेलुका ८ बजेतिर आज म जान्छु भन्नु थाल्नुभयो। कल्याणी मा“ (रिमाल पत्नी) ले कहा“ जाने भन्दा हैन अब म जान्छु भन्दै ओम नम शिवाय ओम नम शिवाय भन्न थाल्नुभयो। बिहान त उहा“ गइछाड्नु भयो’ रिमालका शिष्य रंगकर्मी सम्राट सापकोटाले नेपाल समाचारपस“गको कुराकानीमा बताउनुभयो ।

निधनपछि अन्तिम श्रद्वाञ्जलिका लागि रिमालको पार्थिव शरीरलाई बिहान ११ बजेसम्म बानेश्वरस्थित निवासमा राखिएको थियो भने पशुपति आर्यघाटमा पनि केही समय अन्तिम श्रद्वाञ्जलि अर्पण गरिएको थियो। सवा १२ बजेतिर शुरु भएको अन्तिम संस्कार कार्यमा उहांका जेठा छोरा अरुण रिमालले दागबत्ती दिनुभएको थियो । अमेरिका रह“दै आउनुभएका अरुण केही दिनअघि मात्रै नेपाल आउनुभएको थियो ।
रिमालको परिवारमा श्रीमती रेडियो कार्यक्रम उद्घोषिका कल्याणी रिमाल तथा २ छोरा र २ छोरी छन्। उहांको अमेरिकामा रहेका अर्का छोरा पनि पिताको निधनको खबर पाएपछि फर्क“दै हुनुहुन्छ ।स्व. रिमाल १२÷१५ वर्षदेखि दमका कारण अक्सिजनको सहारामा जीवन बिताउ“दै आउनु भएको थियो । गहिरो दमका कारण उहां जहा“ जा“दा पनि अक्सिजन प्रयोग गर्ने गर्नुहुन्थो ।

रिमाल कुशल गायकस“गै प्रतिभाशाली रंगकर्मी र अभिनेतासमेत रहनुभएको थियो । उहां सुरिलो स्वरमा गीत गाउन माहिर हुनुहुन्थ्यो भने सशक्त अभिनय प्रतिभाका लागि पनि उत्तीकै पोख्त हुनुहुन्थो ।

उहां आफु कुशल र सशक्त अभिनय गर्नुहुन्थ्यो भने प्रतिभा अरुलाई पनि सिकाउनुहुन्थयो । जसका कारण रिमालले राष्ट्रिय नाचघरदेखि निजी क्षेत्रबाट समेत दर्जनौं कलाकर्मी जन्माउनुभएको थियो । उहां नाटकदेखि फिल्मी अभिनयसम्म उत्तिकै छाउने गर्नु भएको थियो ।
स्व रिमाल गायनमा पनि लोकप्रिय हुनुहुन्थ्यो । उहांले गाएका गीत अभैm पनि कालजयी गीतका रुपमा रेडियो र एफएमहरुमा बज्ने गरेका छन्। कलाकर्मीहरुले उहांको निधनस“गै एउटा मुर्धन्य गायक र कलाकर्मीको युगको अन्त्य भएको बताएका छन्।

 

रिमाल गायन र अभिनय क्षेत्रमा ६ दशकसम्म पु¥याएको योगदानवापत थुप्रै पुरस्कार तथा मान सम्मानबाट पुरस्कृत तथा सम्मानित हुनुभएको थियो ।

त्यसैगरी नेपाल समाचारपत्रको सहप्रकाशन कामना सिने मासिकले सीजि इन्टरटेनमेन्टस“गको सहकार्यमा अयोजना गरेको पहिलो सिजी कामना फिल्म अवार्डस् २०७१ मा कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) बाट सम्मानित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्