ओपो एफ नाइन बजारमा



काठमाडौं, (नेस)
ओपो मोबाइलको एफ सिरिजअन्तर्गत नयाँ उत्पादन ओपो एफ नाइन नेपाली बजारमा आएको छ ।

५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्यास चार्जिङ र उद्योगकै पहिलो ग्राडियन्ट कलर डिजाइनसहित एफ नाइन आएको कम्पनीले जनाएको छ ।

सनराइज रेड, ट्वाइलाइट ब्ल्यु र स्टारी पर्पल गरी तीन भिन्न ग्राडियन्ट कलर एफ नाइन उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सनराइज रेड र ट्वाइलाइट ब्ल्यु देशभरका अफलाइन स्टोरमार्फत भदौ १४ गतेदेखि बिक्री भएको छ भने स्टारी पर्पलका लागि केही समय लाग्ने छ ।

ओपो एफ नाइन ४ जीबी को मँल्य ४१ हजार ५९० र ६ जीबी को मँल्य ४५ हजार ५९० रुपियाँ रहेको कम्पनीले जनाएको छ ।
६.३ इन्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९० दशमलव ८ प्रतिशत स्क्रिन टु बडी रेसिया पृथक ग्राडियन्ट कलर र ३५०० एमएएच ब्याट्री रहेको छ ।

‘उपभोक्ताका समस्याको उत्कृष्ट समाधान उपलब्ध गराउनु ओपोमा हाम्रा लागि प्रमुख प्राथमिकताको विषय हो । ५ मिनेटको मात्रै चार्जमा २ घण्टाको टक टाइम उपलब्ध गराउने क्षमतासहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्रीसम्बन्धी उपभोक्ताको चिन्ता निवारणमा सफल हुनेमा हामी आशावादी छांै ,’ नयाँ फोनका बारेमा ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

प्रतिक्रिया दिनुहोस्