एनआईसी एसिया बैंकको बन्दीपुरमा नयाँ शाखा



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकको नयाँ शाखा तनहुँको बन्दीपुर गाउँपालिका– १, डुम्रेमा खुलेको छ । उक्त शाखा एनआईसी एसिया बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गर्नुभयो ।

बैंकले २४१ शाखा, २३८ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १८३ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५५ अर्ब तथा कर्जा १२७ अर्ब रुपियाँ रहेको छ ।

हालसम्म बैंकको ग्राहक संख्या करिब १२ लाख १९ हजार रहेको बैंके जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्