मुसर्रफलाई गिरफ्तार गर्न इन्टरपोलको अस्विकार



इस्लामाबाद । पाकिस्तानका पुर्वसैन्य शासक परवेज मुसर्रफलाई गिरफ्तार गर्न इन्टरपोलले अस्विकार गरेको छ ।  पाकिस्तान सरकारका अनुसार उनलाई गिरफ्ता गर्न गरिएको आग्रहलाई इन्टरपोलले अस्वीकार गरेको हो ।

मुसर्रफविरुद्ध देशद्रोह मामिलामा सुनवाही गरिरहेको एक विशेष अदालतलाई सरकारले मुसर्रफलाई गिरफ्तार गर्ने उसको आदेशलाई इन्टरपोलले अस्विकार गरेको जनाएको छ ।

इन्टरपोलले राजनितिक प्रकृतिको मुद्दामा हस्तक्षेप गर्न नचाहेको जनाएको थियो ।

हाल दुबईमा बस्दै आएका मुसरफविरुद्ध देशद्रोह आरोपको मुद्दामा विशेष अदालतले पुनः सुनवाई सुरु गरेपछि सरकारका तर्फबाट उक्त जवाफ आएको हो । मुसर्रफमाथि देशमा संकटकाल लागु गर्दै सन् २००७ मा संविधान निलम्बन गरेको आरोपमा मुद्दा दायर गरिएको छ । सुरक्षाका कारण देखाउँदै मुसर्रफले पाकिस्तान फर्कन कयौँपटक अस्विकार गरिसकेका छन् ।

गृह मन्त्रालयले मुसर्रफलाई देश फिर्ता गर्न गरिएका प्रयासका सम्बन्धमा अदालतलाई ‘रेड वारेन्ट’ जारी गर्न इन्टरपोललाई पत्र लेखेको थियो । तर इन्टरपोलले राजनितिक मामिलामा हस्तक्षेप नगर्ने उल्लेख गर्दै पत्र फिर्ता गरेको जनाइएको छ ।

न्यायधिश यावर अलिले अदालतमा मुसर्रफको बयान स्काइपको माध्यमबाट रिकर्ड गर्न सम्भव छ, भन्ने प्रश्न राखेका थिए । अदालतले सेप्टेम्बर १० सम्मका लागि उक्त मुद्दाको सुनवाई स्थगित गरेको छ र आगामी सुनवाई स्काइपको माध्यमबाट मुसर्रफको बयान रिकर्ड गर्न सक्छ वा सक्दैन भन्ने विषयमा बहस हुने आदेश दिएको थियो ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्