आत्मघाती विष्फोट



वग्दाद,(एजेन्सी)
पश्चिमी इराकको अल क्वाम शहरमामा एकजना अज्ञात व्यक्तिले आत्मघाती बम जडान गरिएको कार अचानक बुधबार प्रहरीको गस्तीमा ठोक्काएर विस्फोट गराउँदा एघार जना मानिसको ज्यान गएको सुरक्षा सुत्रले जनाएको छ ।

यस आक्रमणमा मारिने मध्ये कम्तीमा पाँच जना प्रहरी परेका बताइएको छ । सो बम हमला गराउने समुह र उद्देश्य पत्ता लाग्न सकेको छैन । राजधानी वग्दाद देखि ३ सय ४० किमी परको सिरियाली सिमा क्षेत्र नजिक भएके यस विष्फोटमा आक्रमणकारीको पनि ज्यान गएकोले अन्य थप सूचना प्राप्त भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्