प्रभु बैंक लि. र नेपाल आँखा अस्पताल बीच सम्झौता



काठमाडौं
प्रभु बैंक र काठमाण्डौ, त्रिपुरेवश्वर स्थित नेपाल आँखा अस्पतालबीच आँखा शिविर सञ्चालन गर्ने सम्बन्धी एक सम्झौतामा दुवै पक्षका पदाधिकारीहरुबाट हस्ताक्षर भएको छ । बुधबार सम्पन्न आँखा शिविर सञ्चालन सम्बन्धी सम्झौता–पत्रमा प्रभु बैंकको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपालआँखा अस्पतालका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले एक समारोहका बीच हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार प्रभु बैंक लि. को आर्थिक सहयोगमा नेपालआँखा अस्पतालसँग को सहकार्यमा भौगोलिक विकटताले पर्याप्त स्वास्थ्य सेवापुग्न नसकेको ठाँउका आर्थिक रुपले निम्न स्तरका आँखाका विरामीहरुलाई लक्षित गरी आँखाशिविर सञ्चालन गरिने छ । उक्त आँखा शिविर भौगोलिकता तथा मौसम अनुकालतालाई मध्येनजर गर्दै आगामी २०७५ चैत्र मसान्त भित्र सम्पन्न गरिसक्ने कार्यक्रम रहेको छ ।

पहिलो चरणमा काठमाण्डौ, ललितपुर,काभे्र र धादिङ्ग जिल्लाका विकट ठाउँमा सञ्चालन गरिने आँखा शिविरमा लगभग १ हजार जना आँखाका विरामीहरुको सफल उपचार गरिने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्