नबिर्सने बिमस्टेक



–बिमस्टेकमा सार्कका सबै देश छन् ।
–हैन, थाइल्यान्ड पनि छ । खै, अर्को कुन देश पनि छ ।

बिमस्टेक सम्मेलनको माहोलले छपक्कै छोप्या बेला बुधवार विहान काठमाडौंको एक स्कूलका विद्यार्थी यस्तै तर्क गर्दै थिए । ६÷७ कक्षाका विद्यार्थी झैं देखिने उनीहरुको तर्क सुन्दा लाग्यो–अब चाहिँ बिमस्टेक चिनिन्छ कि ? सार्क संगठन झैं परिचय स्थापित हुन्छ कि भन्ने धरहरालाई लाग्यो ।

भविष्यका कर्णधारले यसरी चासो लिएपछि बिमस्टेक चिनिनेमा दुइमत छैन । बिमस्टेकलाई स्कूले बच्चा मात्रै होइन काठमाडौंबासीले झन् बिर्सिने चान्स नै छैन । सवारीमा लगाइएको जोर÷विजोर प्रणाली, सडक ठप्प पार्दै हुने भीभीआईपीको सवारी, अनि सार्वजनिक सावारीको सास्ती पाएपछि उपत्यकाबासीले विर्सने कुरै भएन ।

बिमस्टेकले आगामीले दिनमा नेपाललाई के–के उपलब्धी दिने हो, त्यो पछि लेखाजोखा होला, तर यो सम्मेलनले उपत्यकाबासीलाई ‘टेन्सन’ नामको मायाको चिनो चाहिँ पक्कै दिने भयो । स्कूल÷कलेज विदा भएपनि अन्य कार्यालय खुल्ने भएपछि जोर÷विजोरलाई छिचोल्दै, हस्याङ, फस्याङ गर्दै कर्मचारी कार्यालय पुग्नै प¥यो । अनि बिर्सन सकिन्छ त बिमस्टेक ?

प्रतिक्रिया दिनुहोस्