चीन: प्रदुषणले गणित कमजोर



बेइजिंग (एजेन्सी)
लामो समयदेखि प्रदुषित हावामा स्वास लिनुले ज्ञान हासिल गर्ने क्षमतामा असर पर्न सक्ने र त्यसले मौखिक तथा गणित परीक्षाको अंकमा कमी आउन सक्ने सोधले देखाएको छ । चीनमा गरिएको एक शोधले सामाजिक कल्याणमा प्रदुषणको अप्रत्यक्ष पर्ने असर सोचिएको भन्दा धरै हुन सक्नेमा सचेत गराइएको छ । उक्त शोध पीएनएएस अखबारमा प्रकाशित भएको हो ।

अमेरिकामा अन्तराष्ट्रिय खाद्य निति शोध संस्थानमा वरिष्ठ शोधार्थी सिओबो झाँगले चीनका सहरको तुलनामा भारतका सहरहरुमा वायु प्रदुषणको स्थिति अत्यन्त गम्भिर रहेको बताएका छन् । भारतमा यसको असर अझ बढी हुन सक्नेमा आफुलाई आसंका रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्