अभियन्ता पक्राउ



नयाँदिल्ली,(एजेन्सी)
भारतको महाराष्ट्र राज्यको पुणाका प्रहरीले मंगलबार बिहान देशका विभिन्न स्थानका सामाजिक अभियन्ताहरुको घरमा छापा मारेर पाँच अभियानकर्मीलाई हिरासतमा लिएको स्थानिय संचार माध्यमले जनाएको छ ।

हिरासतमा लिइएका अभियन्तामा मानव अधिकारकर्मी तथा वकिल सुधा भारद्वाज, सामाजिक अभियन्ता तथा लेखक वरनान गोन्जाल्विज, विचारक तथा कवि वरावरा राव, वकिल अरुण फरेरा र पत्रकार गौतम नवलखा रहेका छन् । गोवाकी सामाजिक अभियन्ता तथा लेखक आनन्द तेलतुम्बडेको घरमा पनि प्रहरी खानतलासी गर्न पुगेको थियो । तर उनी घरमा फेला नपरेपछि प्रहरी रित्तै फर्केको थियो ।

प्रतिक्रिया दिनुहोस्