प्रचण्ड गर्मीले युएस ओपनमा असर



न्युयोर्क, (एजेन्सी)
अमेरिको न्युयोर्क सहरमा भइरहेको वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनमा चर्को गर्मीले असर परेको छ ।

तापक्रम बढेको हुनाले पाँच खेलाडीले पहिलो चरणमै प्रतियोगिता छाडिसकेका छन् । ३८ डिग्री सेल्सियस न्युयोर्कमा तापमान मापक भएको छ । ह्युमिडीटी ५० प्रतिशतभन्दा माथि बढेको पनि जनाएको छ । फ्रेन्च अ‍ेलाडी जुलियन बेनोटीउले मध्यान्ह खेल्न नसकिने बताएका छन् । विश्व नम्बर ६० ले बताए— जसले खेल परित्याग गरे उनीहरु भाग्यमानी थिए ।

युएसटीएले पाँच खेलाडीले नाम फिर्ता लिएको जानकारी दिएको छ । नाम फिर्ता लिने खेलाडीहरुमा इटालियन क्वालिफायर स्टेफानो ट्राभाग्लीया, लिथुआनियन रिकार्डास बेरान्कीस, अर्जेन्टिनी लियोनार्दा मायेर, रुसका मिखाइल युजनी र सर्बियाका फिलीप क्राजीनोभिच थिए । यसमध्येका ३६ वर्षीय युजनीको लागि यो अन्तिम ग्रान्ड स्लाम प्रतियोगिता हो । उनले आगामी महिना टेनिसबाट संन्यास लिने लक्ष्य लिइसकेका छन् ।

विम्बल्डन विजेता नोभाक जोकोभिचले हंगेरीका मार्टन फुक्सोभिक्समाथि जित हात पार्न तापसँग संघर्ष गरेको बताएका थिए । जोकोभिचले शरीरले नसकेको अवस्थामा केही खेलाडीलाई प्रभाव पारेको जनाएका थिए । सर्बियाली खेलाडीले आफ्ना प्रतिद्वन्द्वीसँगै चिसो पानीमा नुहाएको खुलासा गरे । उनले बताए—मार्टन र मैले नाँगै भएर आइस बाथ लिए । यसले गजबको महसुस गरायो ।

चार सेटमा हारेका फुक्सोभिक्सले बताए—प्रचण्ड गर्मीमा खेलेर रमाउन सक्दैन । टेनिसका लागि या ज्यादै तापक्रम थियो । यो खतरनाक छ ।

कोर्टमै लुगा फेरियो

फ्रेन्च विश्व नम्बर ३१ की महिला खेलाडी एलीज कोर्नेटले युएस ओपनअन्तर्गत पहिलो चरणको खेल दौरान कोर्टमै लुगा फेरिन् । स्विडेनकी योहाना लार्सनसँग हारेकी कोर्नेटले दोस्रो र तेस्रो सेटमा लुगा फेरेकी हुन् । तर चेयर अम्पायरले उनलाई चेतावनी दिएको थियो । जबकी पुरुष खेलाडीलाई भने कोर्टमै लुगा फेर्न अनुमति छ ।

प्रतिक्रिया दिनुहोस्