पाकिस्तान: पैगम्बरको कार्टुन



इस्लामाबाद (एजेन्सी)
नेडल्यान्डको संसद सदस्य गिर्ट विल्डर्सले आयोजना गर्न लागेको इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको कार्टुन प्रतियोगिताको विरोध गर्न पाकिस्तानी इस्लामिक समुहका सदस्यहरु इस्लामावादमा भेला भएका छन् ।

विल्डर्सले नोभेम्बरमा पैगम्बर मोहम्मदको विषयमा कार्टुन प्रतियोगिता आयोजना गर्ने योजना बनाइरहेका छन् । विश्वभरीका मुसलमान उक्त प्रतियोगिताको आलोचना गरिरहेका छन् । यसलाई इस्लामलाई बदना गर्ने षडयन्त्र भएको बताइरहेका छन् । अल्लाह वा पैगम्बर मोहम्मदको भौतिक चित्रण सकारात्मक रुपमा गर्न पनि इस्लाममा बर्जित छ ।

प्रतिक्रिया दिनुहोस्