बाजेको सेकुवाका शाखाहरु तत्काल खोल्न अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले सुन तस्करीको पैसा रेस्टुरेन्टमा लगानी गरेको आशंकामा शिलबन्दी गरिएका बाजेको सेकुवाका शाखाहरु तत्काल खोल्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले शिलबन्दी र ब्रान्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

शिलबन्दी गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीकी श्रीमती नीतिमा भण्डारीले भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। यो उनको दोस्रो निवेदन थियो। यसअघि मजदुरसहित उनले असार २८ गते सर्वाेच्चमा रिट दायर गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्