एशिया कप क्रिकेट ःनेपाल ओमानसंग पराजित



काठमाडौं । एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल ओमानसंग पराजित भएको छ । आज भएको पहिलो खेलमा ओमानले नेपाललाई ७ विकेटले हरायो ।

नेपालले प्रस्तुत गरेको मध्यमस्तरको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा पुरा गरेको थियो । नेपालको ब्याटिङ चल्न नसक्दा ओमानले ३ विकेटको क्षतीमा उक्त लक्ष्य पुरा गरेको थियो । ओमानकालागि खवार अलीले उत्कृष्ट पाली खेलेका थिए ।

अलीले बैभव वाटेगओंकरसँग ७६ रनको साझेदारी गरेका थिए । यससँगै खेल ओमानको पक्षमा गएको थियो ।
तर, अलीले चौथो विकेटका लागि जिशन मक्सुदसँग अविजित ७७ रनको साझेदारी गर्दै ओमानलाई जित दिलाएका थिए । अली ८४ रन अविजित रहे भने मक्सुद ४५ रनमा नटआउट रहे । जतिन्दर सिंह ३० र अकिब इल्यासले १६ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्