सिरिया: इरानसँग सैन्य सम्झौता



दमास्कस (एजेन्सी)
इरान र सिरियाका रक्षा मन्त्रीहरुबीच दमास्कसमा बसेकोको बैठकमा सैन्य सहयोगका लागि एक सम्झौतामा हस्ताक्षर भएको तास्निम समाचार एजेन्सीले जनाएको छ । इरानी रक्षा मन्त्री अमिर हतामी दुई दिवशिय भ्रमणका लागि आइतबार दमास्कस पुगका थिए ।

उनले सिरियाली राष्ट्रपति बसर अल असद र वरिष्ठ सैन्य अधिकारीहरुसँग भेटेको तास्निमले जनाएको छ । सिरियाको गृहयुद्धमा इरानी बलले असदलाई सहयोग गर्दै आइरहेको छ । उक्त सैन्य सम्झौताका विस्तृत विवरण भने दिइएको छैन । राष्ट्र संघ सुरक्षा सल्लाहकार जोन बोल्टनले गत हप्ता इरानले सिरियाबाट उसको सेना हटाउनु पर्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्