अष्ट्रेलिया बृद्धाको साहस



ब्रिस्बेन (एजेन्सी)
अष्ट्रेलियाको क्विन्सल्यान्ड एक परिवारका बृद्धा उनको साहसलाई लिएर भाइरल भइरहेकी छिन् । गत आइतबार उनको घरकोे सेकुवा बनाउने भाँडोमा दुई अजिंगर बसिरहेको देखपछि उक्त परिवारका सदस्यहरु अचम्म र त्रसित बनेका थिए । परिवार अन्य सदस्य डराएको भएपनि घरका सबैभन्दा बरिष्ठ सदस्य ८१ बर्षिय महिला मार्गन पटक्कै डराइनन् ।

उनले ती अजंगरलाई हातले समाउँदै एउटा प्लास्टिकको बाकसमा थुन्दै गरेको भिडियो फुटेज सबैलाई अचम्भित पार्ने खालको थियो । ती महिला बर्षौंसम्म खेतमा काम गरेकी थिइन । त्यसैले उनी सर्पदेखि डराएको थिएन ।

प्रतिक्रिया दिनुहोस्