एनबीआई र एनसीसी बैंकबीच सम्झौता



काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एनबीआईले एनसीसी बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ । सम्झौता अनुसार एनसीसी बैंकले आफ्नो कर्मचारीका लागि नेसनल बैंकिङ इन्ष्टिच्युटबाट न्यँनतम ५० लाख बराबर रकमको वार्षिक तालिम सञ्चालन गराउने छ ।

उक्त सम्झौतापत्रमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेसनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाबीच हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्