चर्को ब्याज र मनपरी करले उद्योग व्यवसाय धराशयी हुन थालेको गुनासो



नेपाल समाचारपत्र, बुटवल
बैकको चर्काे ब्याज र तीन तहका सरकारले तोकेको मनपरी करले उद्योग व्यवसाय धराशयी हुने अवस्थामा पुगेको उद्योगी व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अहिलेको यस्तै अवस्था रहे सञ्चालनमा रहेका उद्योग बन्द हुने र नयँँ उद्योग स्थापना गर्न नसकिने बताएका दिएका छन् ।

लुम्बिनी सञ्चार गृह र सिद्धार्थ उद्योग बाणिज्य संघद्वारा मंगलबार भैरहवामा भएको अन्तत्र्रिmयामा सहभागी उद्योगी व्यवसायीले सरकारको कर नीतिको चर्को विरोध गरेका छन् । उनीहरुले विदेशी मजदँरमाथि लगाईएको कर अविलम्ब खारेज गर्न माग गर्दै उक्त नीति खारेज नभए सिमा क्षेत्रमा सञ्चालन भएका उद्योग धराशयी हुने बताएका छन् ।
कार्यक्रममा बोल्दै रुपन्देही–३ का सँंसद घनश्याम भुसालले समस्याबाट कोही पनि मुक्त हुन नसक्ने भन्दै समस्या क्रमशः समाधान हुँदै जाने दाबी गर्नुभयो ।

उहाँले चारैतिर कर बढेको भन्ने कुरामा धेरैमा भ्रम र हल्ला फैलाइएको उल्लेख गर्दै केही ठाउँमा स्थानीय तहले कर बढाएको भए पनि हल्ला भएझै कर नबढेको दाबी गर्नुभयो । सँंसद भुसालले यस क्षेत्रमा आवश्यक १ सय ३२ केभीए लाइन चाँडै नै आउने बताउँदै सेज र अन्तर्राष्ट्रिय विमानस्थल समयमै सञ्चालनमा आउने दाबी गर्नुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका पँर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले स्थानीय सरकार नहुँदा सबैले सहज महशुस गरेको तर स्थानीय तहको सरकार बनेपछि चौतर्फी कर आतंंक मच्चिएको उल्लेख गर्दै अविलम्ब कर नीति सुधार गर्न सुझाव दिनुभयो । उहाँले अहिलेको सरकारले लिएको नीतिले मुलुक समृद्धिको बाटोतर्फ नजाने समेत दाबी गर्नुभयो ।

अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धब कार्कीले सिमेन्टमा मुलुक आत्मनिर्भर हुनु खुशीको विषय भए पनि सिमेन्टमा आवश्यकपर्ने चुन ढुंगाका विषयमा अनावश्यक भ्रम फैलाइएकोले भविष्यमा सिमेन्ट उद्योगमा समस्या आउन सक्ने चेतावनी दिनुभयो ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्योग व्यवसायलाई राज्यले प्रतिपक्षजस्तै व्यवहार गरको आरोप लगाउँदै सरकारले जथाभावी कर बढाएर सबैलाई आंतकित पारेको उल्लेख गर्नुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाले मनपरी ब्याज बढाउँदासमेत सरकारले केही गर्न नसकेको उल्लेख गर्दै देश विकास मेरुदण्ड उद्योग व्यवसाय भए पनि सरकारले मेरुदण्डनै भाच्ने काम गरेको आरोप लगाउनुभयो ।

रुपन्देही उद्योग सँघका पँर्वअध्यक्ष श्रीकृष्ण पोखरेलले चर्काे ब्याज दरका कारण उद्योग सञ्चालन र स्थापना गर्न निकै कठिनाई भएको उल्लेख गर्दै यसतर्फ संघीय र प्रदेश सरकारले उचित कदम चाल्नुपर्ने सुझाव दिनुभयो ।
लुम्बिनी ईटा व्यवसायीका अध्यक्ष थानेश्वर घिमिरेले यस क्षेत्रमा ५२ वटा इटा उद्योग भए पनि आर्थिक अभावका कारण ६ वटा बन्द भइसकेको र सरकारको पछिल्लो गलत नीतिका कारण सबै उद्योग बन्द हुने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्