नेपाल आज ओमानसँगै खेल्दै



काठमाडौं, (नेस)
एसियाकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेल आज खेल्दैछ । बुधबार मलेसियामा हुने खेलमा नेपालले ओमानसँग खेल्नेछ ।

६ टोलीको सहभागि सो छनोट प्रतियोगिताको विजेताले यसै महिनाको अन्त्यमा हुने एसिया कपको लागि छनोट हुन पाउनेछ । युएईमा हुने एसियाकपअन्तर्गत समूह ए मा सो विजेता टोली समावेश हुनेछ । जहाँ भारत र पाकिस्तान पहिले नै रहेका छन् ।

नेपालले ओमानसँग मिश्रित नतिजा निकालेको छ । अहिलेसम्म ६ पटक प्रतिस्पर्धा गरेको नेपाल र ओमानले ३÷३ खेल जितेका छन् । यी दुईबीच यो सातौं खेल हुनेछ । प्रतियोगितामा अन्य चार टोलीमा युएई, हङकङ, आयोजक मलेसिया र सिंगापुर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्