सार्क कि विमस्टेक ?



अहिले काठमाडौंलाई विमस्टकको वायुले ढकमक्क ढाक्या छ । मुख्य सडक र चोकमा गरिएको सिगारपटारले केही दिन भएपनि कृतिम सुन्दरता थपेको छ । विमस्टेकको चटारो कस्तो छ भन्ने प्रष्ट झल्को चाहिँ बाक्लो संख्यामा सडक र सार्वजनिक स्थलमा खटिएका सुरक्षाकर्मीले दिन्छन् ।

चरक्क घाम चर्किएपनि झम्झमी पानी परेपनि धुलोधुँवा बुङ्बुङी उडेपनि सुरक्षाकर्मी तैनाथ छन् । कुन बेला कुन देशका पाहुना भित्रिन्छन् भन्ने खवर ठूला बडा सुरक्षाकर्मीलाई प्रष्ट थाहा हुन्छ नै । तर तल्लो तहका सुरक्षाकर्मी यस मामलामा विचरै हुने रैछन् भन्या । सार्क सम्मेलन हो कि, विमस्टेक भन्नेबारेमा समेत उनीहरु अलमलमा रैछन् भन्ने कुरा धरहराले बुझ्यो ।

मंगलबार म्यानमारका राष्ट्रपति काठमाडौं उत्तिए लगत्तै भिडभाड व्यवस्थापन गर्न खटिएका एक सुरक्षाकर्मी पैदलयात्रुलाई भन्दैथिए–‘अहिले हिड्न मिल्दैन, सार्क सम्मेलनका लागि खै कुन देशका राजा आउँदैछन् ।’ जबरजस्त अघि बढ्न खोजेका पैदलयात्रुलाई थुमथुम्याउँदै उनले भने–‘केही बेर रुक्नुस, राजा गएपछि मात्रै बाटो खुल्छ ।’ यस्तो सुनेपछि धरहरा धेरै बेर छक्क प¥यो ।

पाहुना कुन तहका हुन्, सम्मेलन कस्तो हो, पाहुना कहिलेसम्म नेपाल बस्छन्, कहाँ–कहाँ जान्छन् भन्ने जानकारी गराउँदा हाकिमहरुको ज्यान खुइलिने हो र भन्या ?

प्रतिक्रिया दिनुहोस्