दोहोरो करले भूकम्पपीडित समस्यामा



नेपाल समाचारपत्र, धादिङ
अहिले धादिङ जिल्लाका साना खोला तथा त्रिशुली नदीका किनारहरुमा बालुवा झिक्ने मजदुरहरुको भिड नै लाग्ने गरेको छ ।
धादिङको बैरेनी, बेल्खु, जिन्टेटार, आदमघाट, घाटबेसी, गजुरी लगायतका क्षेत्रमा हजारौँ मानिसहरु भिड लागेर बालुवा झिकीरहेका छन् । जब नदीमा मेसिनको प्रयोग बन्द हुन्छ मजदुरहरु पानीमा डुबेर बालुवा झिकेको दृश्य मेला लागेको जसरी देखिने गरेको घाटबेसीकी मञ्जीला राइले बताउनुभयो ।

गजुरी गाउँपालिकाको राई गाउँबाट मात्र बालुवा झिक्न ८० भन्दा बढी महिला पुरुषहरु घाटबेसी, बांगे, पोखरेखोला, बेल्खु, कोल्फुखोला जाने गरेको रामबहादुर राइको भनाइ छ । धादिङबाट मात्र नभइ सल्यान, जाजरकोट, बर्दिया, काभे्र, सिन्धुपाल्चोक, चितवन लगायतका जिल्लाहरुबाट आएका मजदुरहरु बालुवा झिकेर जिविका चलाइरहेका छन् ।
गत वर्षहरुमा जेसीभि, एक्साभेटर लगायतका मेसीन प्रयोग गरी बालुवा निकालिँदै आएकोमा धादिङ र नुवाकोट प्रशासनले मेसिन प्रयोग गरेर बालुवा निकाल्न प्रतिबन्ध गरेपछि घरेलु औजार प्रयोग गरी मजदुरहरुले बालुवा निकाल्ने गरेका हुन् । मजदुरले झिकिएको बालुवाको मूल्य १२ हजार निर्धारण गरिएको छ । गाउँपालिकाले १ हजार रकम लिन्छ भने प्रदुशषण शुल्क र अन्य करर समेत लिने गरेको छ ।

एक द्वार प्रणाली अन्तरगत कर लिन माग गर्दै आएका जनताहरु एउटै गाउँपालिकाले समेत दुई रसिद प्रयोग गरेर एकै गाडीसंग फरक फरक कर लिन थालेपछि उपभोक्ताहरु समस्यामा परेको र जनताले थेग्नै नसक्ने कर लिँदा भूकम्प प्रभावितले समेत घर बनाउन नसकेको बालुवा खरिदकर्ता गणेश थापाको भनाइ छ । गजुरी गाउँपालिकाले प्रदुषण नियन्त्रण सेवा शुल्कको नाममा १ हजार र निकासी शुल्क कर भनेर २ हजार ३ सय ८५ रुपैयाँ अशुल गर्दै आएको छ ।
उद्योग संग अशुल गर्नु पर्ने कर समेत गाउँपालिकाले उपभोक्तासंग अशुल गर्ने गरेकोले प्रदुषण नियन्त्रण सेवा शुल्क खारेज हुनुपर्ने उपभोक्ता थापाको भनाइ छ ।

गाउँपालिकाको मूल्य संगै बाटो कर भनेर केही सिमति व्यक्तिहरुले प्रतिटिप पाँचहजार रुपैयाँ सम्म असुल गर्ने गर्दा उपभोक्ता मर्कामा छन् भने मजदुरहरुलाई समेत नदी किनारबाट झिकएको बालुवामा समेत केही व्यक्तिहरुले रकम अशुल गर्ने गरेको घाटबेसीका एक मजदुरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्