‘पूर्वाधार निर्माणलाई प्राथकिता दिएका छौ’




रमेश कुमार बस्नेत
नगर प्रमुख, मन्थली नगरपालिका, रामेछाप

स्थानीय तहमा सरकार गठन भएको ढेड बर्ष वितिसकेको छ । तर स्थानीय तहमा आशा गरे अनुसारको विकास निर्माणको कामले गति भने सकेको छैन् ।सीमित स्रोत र साधनको कारण सोचजस्तो काम गर्न नसकेको स्थानीय तहका जनप्रतिनिधिहरुको गुनासो छ ।

स्थानीय तहमा सरकार गठन भएपछि ग्रामिण सडक निर्माण गर्नेक्रम भने फस्टाएको छ । ग्रामिण सडकको उचित व्यवस्थापन हुन नसक्दा जोखिम पनि बढ्दो छ । यसै विषयमा रामेछापको मन्थली नगरपालिकाको विकास निर्माणको अवस्था, नगरपालिकालाई समृद्ध र व्यवस्थित बनाउने योजना लगायतको विषयमा केन्द्रीत रहेर मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतसँग नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः–

मन्थली नगरपालिका निकै अस्तव्यस्त भयो भन्ने गुनासो छ, व्यवस्थित बनाउनको लागि के काम गरिरहनुभएको छ ?
–भुकम्पले थिलथिलो बनाएको नगरपालिकाभित्र पुर्ननिर्माणको काम धमाधम भइरहेको छ । भुकम्पको पुननिर्माणदेखि नगरपालिकाका बासिन्दाहरुले सहज रुपमा यातायात सेवा उपभोग गर्न पाउनु पर्ने उदेश्यको साथ सडक निर्माणलाई नै पहिलो प्राथमिकता दिएका छौं ।

मन्थली नगरपालिकाभित्र हालसम्म जम्मा ३५ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । बाँकी धेरै धुले सडक कालोपत्रे गर्नुपर्ने अवस्था छ ।

मन्थली नगरपालिकाको चक्रपथ अन्तर्गत गरेको सडकलाई कालोपत्रे गर्ने काम अगाडि बढाएका छौं । मन्थली नगरपालिकाको कार्यालयबाट सबै वडाको केन्द्रदेखि टोलटोलमा सहज रुपमा यातायात सञ्चालन गर्ने कामलाई प्राथमिकता दिएका छौं ।

देशभरी नै डोजर आतंक बढेको छ । तर हामीले हाम्रो नगरपालिकाभित्र अन्तर्गत निर्माण हुने सडकलाई गुरु योजना बनाएर नै काम गर्ने योजना अगाडि सारेका छौं । मापदण्ड विना नै जथाभावी सडक निर्माण गर्दा सानो पानी पर्दा पनि सडकमा पहिरो जाने गरेको छ । आवश्यक सडक निर्माणसँगै अब नगरपालिकाभित्र सडक जथाभावी खन्ने काम बन्द गर्छ ।

सडक त निर्माण भएका छन् । ती सडकको उचित व्यवस्थापन हुन सकेको छैन् । हाम्रो ध्यान भनेको अब सडकलाई व्यवस्थित बनाउने हो, ढल लगायतको पूर्वाधार यसको लागि आवश्यक छ ।

पानी पर्दा त मन्थली अस्तव्यस्त बन्न गरेको छ नि ?
–समयमा नै ध्यान दिएको भए यो अवस्था सृजना हुने थिएन । अहिले जमिन मंहगो भयो मानिसहरु जमिन मास्न मान्दैनन । हामीले नेतृत्व सम्हालेपछि बजार क्षेत्रलाई व्यवस्थिति बनाउने अभिायन चलाएका छौ ।

खोल्साको निकास नै बन्द गरेर घर निर्माण गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेका छौ । देशभर नै उर्वर भूमि मास्ने काम भएको छ । त्यसबाट मन्थली नगरपालिका पनि अछुतो छैन् । विशेषगरी पानीको उचित निकास नहुँदा मन्थली अस्तव्यस्त बन्ने गरेको छ ।

नगरपालिकाभित्र न खानेपानीको पनि समस्याकै रुपमा छ होइन ?
–मन्थली नगरपालिकामा १४ वटा वडा मध्ये १२ वटा वडामा खानेपानीको प्राकृतिक मुहान छैनन् । भएका केही पानीको मुहानहरु पनि सुकेर गयो । पानीको हाहाकारले गाउँका बस्तीहरु नै खाँली ुहने अवस्था आएको छ ।

मानिसहरुको साथै त्यसको प्रत्यक्ष असर पशुपालन र खेतीपाती पनि परेको छ । मन्थली गरपालिकाको वडा नम्बर १, ६, ८ र ११ वडामा लिफ्ट मार्फत खानेपानीको व्यवस्था भएको छ । वडा नम्बर ४ र ५ वडामा पनि आयोजना समिति बनाएर काम भइरहेको छ ।

वडा नं ७, ८ र ९ को पुराना गाउँ र चिसापानीमा वृहत्त खानेपानी आयोजना अन्तर्गको काम चलिरहेको छ । नगरपालिकाभित्र खानेपानीको व्यवस्थापन गर्न तामाकोसी नदीको विकल्प छैन् । लिफ्ट मार्फत खानेपानीको योजना सञ्चालन गर्न निकै खर्चिलो छ । त्यसैले हामीले नगरसभाबाट सिचाइँलाईजस्तै खानेपानीलाई पनि विद्युत सेवामा सहुलियत हुनुपर्ने विषयमा जोड दिएका छौं ।

नगरपालिकाभित्र अझै विद्युतीकरण हुन नसक्नुको कारण ?
–हाम्रो चाहना त सबै क्षेत्रमा विकास निर्माण गरेर जनतालाई विकास भएको महशुस गराउने हो । तर सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने बाँध्यता छ । हामीले कामको प्राथमिकता निर्धारण गरेका छौ । जनताको अत्यावश्यक सेवा सुविधा उपलब्ध गराउने कामलाई नै प्राथमिकता दिएका छौं ।

मन्थली नगरपालिकाभित्र आगामी एक बर्षभित्र बिजुली बन्न बाँकी क्षेत्रमा विद्युतीकर हुन्छ । नगरपालिकाले एक बर्षभित्र सबै क्षेत्रमा विद्युतीकरण गर्ने र काठको पोल विस्थापित गरेर स्टीलको पोल हाल्ने योजना अगाडिछ । एक बर्षभित्र नगरपालिकाभित्र बिजुली नबलेको घर हुने छैन ।

नगरपालिकाभित्र उद्यम गर्न चाहने युवाहरुको लागि जग्गा उपलब्ध गराउन हामी तयार छौं । सिंचाइँको व्यवस्थापन गर्न प्रतिबद्ध छौ । सरकारको तर्फबाट गर्नुपर्ने हर काम गर्न तयार छौ । उत्पादन भएको बस्तुको जिम्मेवारी पनि नगरपालिकाले नै लिन्छ । तर काम गर्ने युवाहरुले जाँगर देखाउनु प¥यो ।

कृषि क्षेत्रको विकास गर्न के काम गर्नु भयो के गर्दै हुनुहुन्छ ?
–मन्थली नगरपालिकाका अधिकांश क्षेत्र सुक्खाग्रस्त क्षेत्रमा पर्छ । केही फाँटहरु छन् । फाँटको किनाराबाट नदी बग्छ । हामीले नदीबाट लिफ्ट सिचाइँको योजना मार्फत पानी तानेर कृषियोग्य जमिनलाई तरकारी र फलफुल उत्पादको रुपमा विकास गर्ने सोच बनाएका छौं ।

विभिन्न क्षेत्रमा त सिचाइँ सेवा पनि पु¥याएका छौं । कृषि पेसाबाट राम्रो आम्दानी हुन्छ भन्ने विश्वास मासिनहरुलाई छैन् । पहिलो कुरा त कृषिमा लाग्दा राम्रो हुन्छ भन्ने विश्वास दिलाउनु पर्ने आवश्यकता छ । राम्रो नीति तथा कार्यक्रम बनाएर त्यसलाई कार्यान्वय गर्न सकेनौ भने कृषि पेशामा जनशक्ति लाग्दैन ।

त्यसैले कृषिलाई बैज्ञानिकिकरण र आधुनिकिकरण गरेर नगदेबालीतिर उन्मुख गर्न सक्यौँ भने मात्र हाम्रो प्रयास सफल हुन्छ । पढेलेखेका मानिसहरु खेती किसानमा गयो भने समाजले अहिले पनि राम्रो मानिसहरुको छैन् । मन्थलीलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न खोजेका छौं । परम्परागत कृषि प्रणालीलाई विस्थापित गरेर आधुनिक र व्यवसायीकरण गर्नतर्फ लागेका छौं । कृषि क्षेत्रमा निकै लगानी गर्नुपर्छ ।

रातारात धनी हुन खोज्छौँ । १० बर्ष काम गरेर समृद्ध हुन्छु भन्ने भावना हामीसँग छैन । यो कन्सेप्ट परिवर्तन नगरेसम्म नेपनलमा कुनै विकास हुदैन ।

वैदेशिक रोजगारीमा जान लागेका नगरपालिकाभित्रका युवाहरुलाई रोक्ने तपाईको के योजना छ ?
–विदेश गएर धन कमाएर ल्याएपछि अहिलेको पुस्तालाई राम्ररी पैसा आँउछ भन्ने छ । तर त्यो त्यति सजिलो छैन । पहिलो कुरा यो कुरा हामीले बुझाउन सकेनौ । हामी नेपाली काम नगरी बसेका हौँ ।

विदेशमा काम नगरी पैसा आँउदैन । सबै भन्दा फोहोर र डरलाग्दो काम नेपालीहरुले नै गर्छ । जो विदेशमा गएर दुःख भोगेर नेपाल आएको छ, त्यो मानिसले नेपालमा नै केही गर्न खोज्छ । नगरपालिकाभित्र उद्यम गर्न चाहने युवाहरुको लागि जग्गा उपलब्ध गराउन हामी तयार छौं ।

सिंचाइँको व्यवस्थापन गर्न प्रतिबद्ध छौ । सरकारको तर्फबाट गर्नुपर्ने हर काम गर्न तयार छौ । उत्पादन भएको बस्तुको जिम्मेवारी पनि नगरपालिकाले नै लिन्छ । तर काम गर्ने युवाहरुले जाँगर देखाउनु प¥यो ।

केही कामहरु सुरु भएका छन् । मासु, अण्डा र दुधमा पुरै रामेछाप आत्मनिर्भर हुदैँ गएको छ । नगरपालिका सहयोग गर्न तयार छ । तर त्यसको लागि जाँगर चाही स्वयंम युवाहरुले लिएर आउनु पर्छ ।

मन्थलीको एरपोर्ट सञ्चालन हुन सकेन नि ?
–एरपोपर्टको बारेमा हामीले धेरै गुनासो संकलन गरेका छौ । हवाई यातायात भनेपछि निश्चित समयमा उडान भर्नुपर्छ । विश्वस्नीयता सबै भन्दा ठूलो कुरा हो । हामीले मन्थलीमा रहेको विमानस्थल कुनै पनि हालतमा सञ्चालनमा ल्याउनु पर्छ भनेर पहल गरिरहेका छौं ।

यो विमास्थल सञ्चालन गर्न सक्दा आर्थिक रुपमा विकास गर्न सकिन्छ । निजी क्षेत्र पनि मन्थलीमा उडान भर्न तयार हुनुपर्छ । सरकारले करोडौ लगानी गरेर विमानस्थल कालोपत्रे गरेको छ । आवश्यक भएर नै हो नि ।

प्रतिक्रिया दिनुहोस्