बिमस्टेकको सचिवस्तरीय बैठक सुरू, आर्थिक विकास र कनेक्टिभिटी मुख्य एजेन्डा



नेपाल समाचारपत्र, काठमाडौं ।

आज मंगलबार परराष्ट्र सचिवस्तरिय ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) बैठक काठमाडौंमा शुरु भएको छ ।
विमस्टेक सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका बरिष्ठ अधिकारीहरु काडठमाडौं भेला भैसकेका छन् ।
बैठकमा सम्मेलनका एजेण्डा र घोषणापत्रको मस्यौदा तय गर्ने बताइएको छ । नेपालका परराष्ट्र सचिव शंकर दास बैरागिको अध्यक्षतामा बसिएको बैठकमा आर्थिक विकास, व्यापार र कनेक्टिभिटीका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्