कस्तो प्रचार ?



अहिले काठमाडौंमा बिमस्टकको वायु ह्वात्तै बढ्या छ, त्यही वायुको शक्तिले काठमाडौंका मुख्य सडक, चोक र सडक किनाराले काँचुली फे¥या छ । धेरै ठाउँमा बनाइएका स्वागतद्वार र अन्य सजावटले काठमाडौं दुलही झैं देखिएको छ ।

विदेशमा पनि यस्तो तयारी गरिन्छ, परदेशमा स्वागत सत्कारको कृत्रिम ढर्रा बिरलै हुन्छ क्यार । तर यहाँको हावापानी नै फरक छ भन्या, रातारात हस्याङफस्याङ गर्दै रङ्गाउनुपर्ने, पोत्नुपर्ने र सिंगारपटार गर्नै पर्ने अचम्मै छ भन्या । अनि बिमस्टेक सम्मेलनका लागि बनाइएका स्वागतद्धारमा राष्ट्राध्यक्ष र सरकार प्रमुखको तस्वीरसहितको प्रचार–प्रसार गरिए पनि गम्भीर त्रुटि देखिएको छ ।

अन्तर्राष्ट्रिय सभा सम्मेलनमा अंग्रेजी वर्णानुक्रमअनुसार सदस्य राष्ट्र र सम्मेलनको नेतृत्व गर्ने मुलुकका प्रतिनिधिको नाम उल्लेख हुनुपर्ने परम्परालाई तोड्दै फरक ढंगमा प्रचार गरिएको देख्दा धरहरा छक्क प¥या छ ।

वर्णानुक्रमलाई तोड्दै ओली र मोदीको तस्वीरसँग सँगै ढल्काइएको छ ।
कि सम्मेलन आयोजक राष्ट्रले आफ्नै ढंग र शैलीमा प्रचार–प्रसार गर्न पाउने विशेष छुट हो, धरहरा रनभुल्लमा प¥या छ । वाम बाहुल्य सरकार भएर बिमस्टेकमा यस्तो मिस्टेक ग¥या हो कि ? धरहरा जान्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्