सांस्कृतिक एकताको पर्याय तीजः अध्यक्ष थापा



काठमाडौंँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको सामाजिक, सांस्कृतिक, राजनीतिक सद्भाव र एकताका लागि तीज पर्वको विशिष्ट भूमिका रहेको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले तीज पर्वको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा नारीको पीडा, व्यथा र मर्कालाई अभिव्यक्त गर्न महत्व राख्ने यस पर्वले महिला सशक्तीकरणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

देशमा दण्डहीनताका कारण महिला हिंसा, बलात्कारजस्ता अप्रिय घटना मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले सभ्य समाज निर्माणका लागि महिलामाथि भइरहेका हिंसा, बलात्कारको घटनालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष थापाले आगामी वर्षदेखि यस्ता कार्यक्रम केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै स्थानीय तहका वडासम्म आयोजना गरी अधिकांश महिलालाई समेट्न राप्रमसंलाई आग्रह गर्नुभयो ।

सङ्गठनका अध्यक्ष कुन्तीकुमारी शाहीले महिला समुदायलाई सामाजिक र आर्थिक रुपमा सबल बनाउन व्यावसायिक सीप, उत्पादनजस्ता विषयमा सम्पूर्ण महिलालाई सक्रिय बनाउन खाँचो औँल्याउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्