बिकृती बन्दै भक्तपुरको साँस्कृतिक पर्व गाईजात्रा



eQmk’/df cfh dgfO{Psf] ufO{hfqf kj{df l3Gtfªls;L gfr gfRb} afnaflnsf . tl:j/ M /d]z lu/L, eQmk’/, /f;;

पुष्कर बुढाथोकी, भक्तपुर ।
गाईजात्रा पर्वमा घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ भनेर साँस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचमा चरम बिकृति भित्रिएको छ ।प्राचिन नाँचको रुपमा लिईने आकर्षक यो नाँचलाई युवा पुस्ताले अश्लिल शब्दकौ रुपमा परिणत गरेर गाउँन थालेपछि सस्कृतिमा छाएको बिकृति देखेर स्थानिय वासिन्दा तथा संस्कृतकर्मीहरु समेत चिन्तित बनेका छन् ।युवापुस्ताले आज भक्तपुरमा मनाईएको परम्परागत गाईजात्रामा युगौ देखि चल्दै आएको गीर्त घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ लाई बिगारेर अश्लिल शब्दहरु समेत राखेर युवा युवतीले लाठी नाच नाचे पछि संस्कृतकर्मीहरु समेत चिन्तामा परेका हुन् ।

लाठी नाच नाच्दा युवा पुस्ताले र्“घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग” को सट्टामा “सेक्सी लेडी सेक्सी लेडी, आई लभ यू”, “ल्यासेल्याम्हो ल्यासेल्याम्हो तरुणी, जिता मरुनी”, “वी वान्ट वी वान्ट आई लभ यू”,“रप्पयौ रप्पयौ जेरी, आधा पाउँ”, “तितेपाती, तितेपाती झ्याप झयाप……….” जस्ता शब्द प्रयोग गरेर युवायुवती तथा किशोर किशोरीलेसंगै गीत गाएर लाठी नाच नाचेका छन् ।परम्परागत सस्कृतिलाई जोगाउने जिम्ेबवारी बोकेको युवापुस्ताले नै परम्परागत गीतलाई बिगारेर अश्लिल गीत बनाएर गाउन थालेपछि परम्परागत संस्कृति माथि युवापुस्ताले प्रहार गरेको संस्कृतकर्मी ओम धौभडेल बताउनुहुन्छ ।

संस्कृतकर्मी धौभडेल भक्तपुरका बालकदेखि बृद्धसम्म र पुरुषदेखि महिलासम्मले नाच्दै आएका प्रसिद्ध गीतलाई बिगारेर अश्लिल बनाईएकाले परम्परा लोप हुने र पछिल्लो पुस्ताले संस्कृतिको गलत अर्थमा बुझ्न सक्ने भएकाले युवा पुस्ताले यस्ता बिकृतिलाई हटाउनुपर्ने बताउनुभयो । जात्रामा संस्कृतिको नाममा विकृति भित्रिएको पुराना पुस्ताले बताएका छन् । भक्तपुरका ८७ बर्षीय आशालाल चिंकबञ्जारले जात्रामा घिन्ताङघिसी गीतलाई बिगारेर अपशब्द र अश्लील शब्दसमेत प्रयोग भएकामा दुःख लागेको बताउनु भयो । “संस्कृति युवापुस्ताबाटै बिग्रदै छ, युवापुस्ताले नजोगाए संस्कृतिको अवस्था कस्तो होला”— उहाले चिन्ता व्यक्त गर्नुभयो ।

त्यसैगरि जात्रामा युवतीहरूले प्रयोग गरेका आधुनिक एवं छोटा पहिरनले जात्राको महत्व खस्काएको संस्कृतकर्मीहरु बताउछन् । संस्कृतिको नाममा विकृति भित्रिन थालेपछि जात्राको वास्तविक रूप जोगाउन जरूरी रहेको उनीहरु बताउछन् । नाच नाचिरहेका कतिपय युवाले हात–हातमा मदिराका बोतल लिएर आपसमा खाँदै–खुवाउँदै अझ रहुसिएका देखिन्थे । हातमा जाँड, रक्सी र बियरको बोतल लिएर घिन्ताङघिसी नाँचसंगै नाचेर थप बिकृति भित्रयाएका छन् युवा पुस्ताले पर्यटन विकास समितिका अध्यक्ष दिवानचन्द्र धौभडेल चिन्ता व्यक्त गर्नुहुन्छ ।

बाँसुरी बाजा, घिन्ताङघिसी नाच, बाँसमा कपडाले बेरेर बनाइएको तामचा, माटो र पित्तलको गाईसमेत देखाई बजार परिक्रमा गरी सेलाउने परम्परा रहेको छ । त्यस्तै गाईजात्रामा बैण्ड बाजाहरु समेत बजाएरु बिकृति भित्रयाएको छ । बैण्ड बाजा यो जात्रामा बजाउने परम्परा छैन, तर केही बवर्ष यता यस्ता बाजाले ठूलै ठाउँ ओगट्न थालेपछि संस्कृति लोप हुने अवस्थामा पुगेको उनीहरु बताउछन् ।

केहीवर्ष यता घिन्ताङघिसी नाँचमा बिदेशी पर्यटकको पनि ज्यादै सहभागिता रहेन थालेको छ । पर्यटन प्रबर्धन गर्न स्थानिय युवा क्लबले संचालन गरेको नाँचमा बिभिन्न देशका पर्यटकले हातहातमा लौरो लिएर घिन्ताङघिसी नाँच नाचेका थिए । यसले जात्राको रौनक बढाउनुका साथै पर्यटनको बिकास र पर्यटकलाई संस्कृतिको जानकारी दिन टेवा पुगेको पर्यटन बिकास समिति भक्तपरका अध्यक्ष धौभडेलले बताउनुभयो ।केही वर्ष अघिसम्म महिलाले नाच्न नहुने परम्परा रहे पनि अहिले भने व्यापक रूपमा युवती तथा किशोरीहरुको घिन्ताङघिसी नाच नाचेका छन् । यसबर्ष नाँचका बालबालिकाको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

जात्राको आकर्षणको रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच र माक प्याखं अर्थात बाँदर नाच समेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच समेत प्रदर्शन गरिएको छ । आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ । विभिन्न घरबाट निकालिएको जात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढि, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गर्दछन् ।
जात्रा समापनको क्रममा तौमढीबाट साँझ परालबाट बनेको तमाचा र त्यससँगै भैरव नाचसमेत निकालिएको थियो । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य तमाचा र सबभन्दा पछि नकिङजु अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रम गरेपछि आजको जात्रा समापन भएको छ ।
यसपछि परालबाट बनेको भैरव र अजिमाको तमाचा निस्किएपछि अन्य तमाचा निकाल्न नहुने परम्परा रहेको छ । जात्रामा विभिन्न कार्टुन तथा व्यङ्ग्य चित्र समेत हातहातमा बोकेर प्रदर्शन गरिएको थियो । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी समापन गरिन्छ । भोलिदेखिको जात्रामा भने अपराह्नपछि विभिन्न व्यङ्ग्य चित्र, कार्टुन र घिन्ताङघिसी लगायतका नाचहरू प्रदर्शन गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्