सालकको खपटा सहित एक जना पक्राउ



चिरञ्जीवी मास्के, दोलखा ।
पछिल्लो केहि समय यता जिल्ला प्रहरी कार्यालय दोलखाले बन्यजन्तुको आखेटोपहार तसकरीमा संलग्नलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जिल्लामा हुने गरेको चोरी, बिभिन्न अपराधिक गतिविधि र तस्करीलाई न्युनिकरण गर्न विशेष टोलि बनाएर काम सुरु गरेपछि अहिले त्यस्ता गतिविधिमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।

सोमवार (आज) जिल्ला प्रहरी कार्यालय दोलखाले बन्यजन्तुको आखेटोपहार (सालकको खपटा) सहित एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित आखेटोपहार बिक्रि वितरण गर्न लागेको अवस्थामा दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ का ५३ बर्षिय होमबहादुर थापालाई प्रहरीको विशेष टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए । उनलाई भीमेश्वर नगरपालिका वडा नम्बर ७ भुलभुलेबाट पक्राउ गरिएको हो ।

उनको साथबाट सालकको पुच्छर, नङ्ग्रा, छाला सहित २७ इन्च लम्बाई, ९ इन्च चौडाई भएको ३ सय ८० ग्रामको आखेटोपहार (सालकको खपटा) बरामद गरिएको प्रहरी नायव उपरीक्षक पाठकले बताए । थापाले तीन बर्ष अघिनै सालकलाई मारेर राखेको बयानबाट खुलेको प्रहरी नायव उपरीक्षक पाठकले बताए । पक्राउ परेका थापालाई आवश्यक अनुसनधान पछि अखेटोपार सहित डिभिजन बन कार्यालय चरिकोटमा बुझाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्