खडेरीबाट पीडितलाई बर्षाले सतायो



कृष्णउदास खनाल, वीरगन्ज ।
भदौ लागिसक्दा पनि प्रर्याप्त बर्षा नहुदा बर्षाको आशमा रहेको मध्य तराईका नागरिकलाई लगातारको बर्षाले हैरान बनाएको छ ।
वर्षा र बाढीको कारण पर्साको ग्रामीण क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । नीजि सवारी तथा सार्वजनिक यातायातका साधनहरू चल्न नसके पछि ग्रमिण क्षेत्रको जनजिवन कष्टकर बन्दै गएको छ ।जिल्लाको सोनबर्षा देखि मधुवान मथौवाल, बगवन्ना, मनवासम्मको जनता सडक र हरपुर, रमौली देखि एकटाङ्गा, पंचगावा, सुगौली देखि शंकरसोरैयासमम थरुहट सडक विग्रिएको छ । ग्रमिण क्षेत्रका कच्ची सडकहरूमा इमरजेन्सी परेको बेला एम्बुलेन्स र सुरक्ष सवारी चल्न नसक्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् ।

जनता रोड र थरुहट रोडमा पर्ने खोलाहरूमा पुल निर्माण नभएको कारण सो क्षेत्रका बासिन्दाले सास्ती भोगिरहेका छन् । वर्षात्को समयमा उक्त सडकमा आवतजावत गर्ने यात्रुरुहरू घण्टौंसम्म नदी खोलाको डिलमा पर्खिएर बस्नुपरिरहेको छ । जब भलबाढी कम हुन्छ, तब मात्र खोला तरेर गन्तव्यतर्पm जान पाइन्छ । सो सडकखण्डमा पर्ने फन्टी खोला र माघी खोलाले ४ ठाउँमा सडक क्रस गर्छ । र, कुनै पनि स्थानमा पुल छैन । यसरी नै वर्षाका कारण सडक दलदल हिलाम्य भएपछि जिल्ला सदरमुकाम वीरगन्जसँग फेरि ठोरीको सडक सम्पर्क विच्छेद भएको छ ।

ठोरी गाउँपालिकाको ५ वटा वडा मध्ये ४ वटा वडाको सडक सम्पर्क विच्छेद भएको हो । वर्षाका कारण सडक हिलाम्य भएकाले ठोरी गाउँपालिकाको पश्चिमतर्पmका १–४ वडाको सडक सम्पर्क वीरगन्जसँग शुक्रवार अपराह्नदेखि विच्छेद भएको हो । सडक हिलाम्य भएपछि वीरगन्जबाट ठोरीको चौताराका लागि छुटेका सबै यात्रुवाहक बस सुवर्णपुरमा रोकिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रमेश विष्टले जानकारी दिए । कालिका–बानियाँ कन्स्ट्रक्सनले वीरगन्ज–ठोरी हुलाकी सडक निर्माण गरिरहेको भएपनि गोपीबस्तीदेखि मालीबस्तीसम्मको सडकमा ग्राभेल हाल्ने काम नसकेकोले बाटो हिलाम्य बन्दा सवारी साधन सञ्चालनमा समस्या आएको उनले बताए ।

गुणस्तरहीन काम भएको भन्दै स्थानीय युवाले सडक निर्माणमा ठेकेदार कम्पनीलाई काम गर्न अवरोध खडा गरेका थिए । गाउँपालिकाको प्रयासमा केही समयअघि सामान्य ग्राभेल हाली सडक सुचारु गराइएको भएपनि अहिले फेरि त्यही समस्या दोहोरिएको हो । ठेकेदार कम्पनीले अहिले हुलाकी सडकको कामलाई अगाडि बढाएको भएपनि पानी पर्नेबित्तिकै उक्त सडकखण्डमा सवारी साधन सञ्चालन गर्न कठिन हुँदै आएको छ । वर्षाका कारण ढेडु खोलालगायतका खहरे खोलामा बाढी आएपछि यातयात संचालनमा समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस्