फोहोर विर्सजन गर्न आएको ट्रिपरले ठक्कर दिँदा स्थानियको मृत्यु



शालिकराम चालिसे, नुवाकोट ।
नुवाकोटको ककनी गाउपालिका वडा नं १ को महालक्ष्मीमा सोमबार विहान फोहोर बोकेको ट्रिपरले ठक्कर दिँदा एक व्यत्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट ओखरपौवाका पदम बलामी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
राजधानीबाट नुवाकोटको ओखरपौवा सिसटोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को फोहोर बोकेको ट्रिपरले बलामीलाई ठक्कर दिएको हो । ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटनापछि ट्रिपर चालक फरार रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताए ।

घटनालगतै स्थानियवासीले घटनामा संलग्न ट्रिपर चालकलाई कारवाही गर्न र पिडित पक्षलाई उचित क्षतिपुर्तिको माग गर्दै फोहोरको गाडी र सडक समेत अवरुद्ध गरेका छन । स्थानियवासीले बारम्बार ओखरपौवामा यस्तो दुर्घटना बढिरहेको भन्दै फोहोरको समेत फाल्न नदिने बताएका छन । स्थानियले घटनामा संलग्न र दोषीलाई कारवाहीको माग गर्दै सडक समेत अवरुद्ध गर्नाले यात्रुहरु समेत मर्कामा परेको ककनी गाउँपालिकाका अध्यक्ष मानवहादुर घलेले बताए । घटनाको विषयलाई लिएर सर्वपक्षिय बैठक बसेपनि यो समाचार तयार पार्दासम्म भने वार्ता सफल हुन नसकेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ । घटनामा संलग्न ट्रिपर चालक भागेको हुनाले घटनाको वृष्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

यसैबिच आइतबार साँझ पहिरोमा पुरिएर नुवाकोटको शिवपुरी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका वडा नं ६ का लोकबहादुर तामाङका नौ वर्षीय छोरा अर्पण तामाङको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले समाचारपत्र दैनिकलाई बताए ।
गोठालो गएका अर्पणलाई स्थानीय च्यानडाँडाको खोल्सामा माथिबाट पहिरो खसेर पुरेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्