करेन्ट लाग्दा एक विद्यालयका कर्मचारीको मृत्यु



दाङ ।
करेन्ट लागेर आज एक कर्मचारीको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ अमर माध्यमिक विद्यालयमा कार्यरत कर्मचारी ४५ वर्षिय जोगिलाल चौधरीको मृत्यु भएको र्इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । विद्यालयले उरहरी चोकमा व्यानर टाँस्ने क्रममा चौधरी करेन्ट लागेर घाइते भएका थिए । उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्