नेवा समाज अर्घाखाँची रुपन्देहीद्धारा बुटवलमा पहिलो पटक गाईजात्रा



यमलाल भुसाल, बुटवल ।
परम्परागत गाईजात्रा पर्व प्रदेश नम्बर ५ को राजधानी बुटवलमा धुमधामका साथ मनाइएको छ ।
दिवंगत आफन्तको सम्झनामा नेवा समाज अर्घाखाँची रुपन्देहीद्धारा बुटवलको देविनगरमा पहिलो पटक निकालिएकोे गाईजात्रालाई वडा परिक्रमा समेत गरिएको थियो ।
नेवा समाज अर्घाखाँची रुपन्देहीका स्व. राज कुमार श्रेष्ठ, प्रताप प्रधान, चन्द्रमान श्रेष्ठ, शिव कुमारी श्रेष्ठ, र सुन्तली श्रेष्ठको सम्झनामा पहिलो पटक बुटवलमा गाईजात्रा उत्सव मनाइएको हो । गाईजात्रा उत्सव हेर्न देविनगरमा वाक्लो उपस्थिती रहेको समाजका सल्लाहकार देवि कुमार श्रेष्ठले बताउनु भयो ।

एक वर्ष्भित्र दिवंगत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको समाजका अध्यक्ष वाबुराम श्रेष्ठले बताउनु भयो ।
विशेषगरी नेवार समुदायले मनाउने यो पर्व भदौ कृष्ण प्रतिप

 

दादेखि अष्टमीसम्म आठ दिन सांस्कृतिक उत्सवको रुपमा मनाइने चलन रहेको समाजका सचिव गोपाल प्रसाद श्रेष्ठले बताउनु भयो ।
फोटो पनि छ ।

प्रतिक्रिया दिनुहोस्