पहिरोले एक घर पुरियो, ५० लाखको क्षती, बस्ती नै जोखिममा



विनोद सिंह विष्ट, बैतडी ।
लगातारको बर्षाले पहिरो खस्दा बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ पालिगाडामा एक घर पुरिएको छ भने बस्ती नै पहिरोको जोखिममा रहेको छ ।
गएराती घरमाथिबाट खसेको पहिरोले स्थानीय लक्ष्मी साउँदको घर पूर्ण रुपमा क्षति भएका वडा अध्यक्ष दिनेश भट्टले जानकारी दिए ।
बस्ने घर पहिरोले लगेपछि अहिले लक्ष्मीको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् । आफू एकल महिला भएकाले घर पहिरोले लगेपछि निकै सास्ती भएको उहाँले बताउनुभयो । घरमाथिबाट पहिरो खस्दा लक्ष्मीको गोठमा पालेका १ खसी र ६ कुखुरा च्यापीएर मरेका छन् । भने ४ कोठे घर पुर्ण रुपमा नष्ट भएको हो । पहिरोले करीब ५० लाखको क्षति पुर्याएको सतबाँझ प्रहरीचौकीका प्रहरी हवल्दार दानसिंह खडायतले बताए। चारकोठे घर,अन्नपात ,लुगाफाटो सबै लगाएर उक्त क्षती भएको उनले बताए ।
लगातारको बर्षाले पहिरो खस्न थालेपछि स्थानीयबासिन्दा त्रसित बनेका स्थानिय प्रकास भाटले बताए ।
सो ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले अन्य घरहरु पनि जोखिममा रहेको वडा अध्यक्ष भट्टले बताए। उनले भने“अझै ८ वटा घरहरु अझै उच्च जोखिममा रहेका छन् ”
पहिरोवाट विस्थापित तथा उच्च जोखिममा रहेका घरपरिवारका लागी वडा अध्यक्ष भट्टको पहलमा जिल्ला प्रसासन कार्यालय मार्फत अस्थाई टहरा निर्माण तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्