लिम्बुवान समर्थकहरुले मागे प्रदेश १ का मुख्यमन्त्रीको राजीनामा



सरोज यादव, विराटनगर ।
प्रदेश नम्बर १ लाई लिम्बुवान, खम्बुवान र किराँत नामाङ्कन गर्न माग लिम्बुवान समर्थकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदेश नम्बर १ का झापा, मोरङ, इलाम,ताप्लेजुङ लगायतका ९ जिल्लाबाट सहभागी उनीहरुले लिम्बुवान राज्य नामाङ्कन गर्न माग गर्दे विराटनगरमा ¥याली निकालेका छन् । विभिन्न जिल्लाबाट महेन्द्रचौकमा भेला भई सहभागीहरुले लिम्बुवान, खम्बुवान र किराँत नामाङ्कन गर्न माग गरेका हुन् । यदि प्रदेश नम्बर १ को नाम लिम्बुवान, खम्बुवान र किराँत नभए कोशी र सगरमाथा आफूहरुलाई मान्य नहुने ¥यालीमा सहभागीहरुले बताएका थिए ।

लिम्बुवान, खम्बुवान नभए प्रदेश को नामा प्रदेश १ नै राख्न पनि उनीहरुले माग गरेका छन् । ¥यालीमा सहभागीहरुले पहिचान बिरोधी होशीयार लगायतका प्लेकार्ड सहित नगरका विभिन्न भागको परिक्रमा गरी उनीहरुले एक नम्बर प्रदेश सभाको सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामासमेत माग गरेका छन् । लिम्बुवान समर्थकहरु बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका थिए । सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पताल मोडमै रोकेका छन् । प्रदर्शनमा सहभागीहरुले प्रदेश एकको नाम लिम्बुवान राख्नुपर्ने, बढ्दो महँगी रोक्नुपर्ने र कर्मचारीले समेत नटेर्ने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्ने माग गरेका छ्न । यसअघि किरात राईहरुले प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नाम सगरमाथा, कोशी या किरातमध्ये एक राख्नेबारेमा चर्चा चलिरहेका बेला लिम्बुवानको माग पनि अघि आएको हो ।

प्रतिक्रिया दिनुहोस्