देशकै नमुना स्थानीय तह कालिकोटको पलाँता



कालीवहादुर मल्ल, कालिकोट ।

यस जिल्लाकोे पलाँता गाउँपालिका नेपालकै नमुना स्थानीय तहमा छनौट भएको छ ।

कर्णाली प्रदेशको अति दुर्गम मानिने यो गाउँपालिकालाई नमूना काम गरेकाले राष्ट्रिय योजना आयोगले देशकै नमुना गाउँपालीकाको सूचिमा परेको हो ।

स्थानीय तहको निर्बाचनबाट बिजय भय लगतै पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मण बमले यहाँको बढ्दो यूवा बेरोगारलाई अन्त्यगरी गाउँका यूवाहरुलाई रोजगारी दिने उदेश्यका साथ गाउँपालिकामा सय जना यूवाहरुको कार्यदल गठन गरी यूवा स्वरोजगारको कार्यक्रम अघि सारेका थिए ।

यूवा दस्ता खडागरेर बेरोजगार यूवाहरुलाई रोजगारीमा लगायको,गाउँपालिकामा रासन कार्ड वितरण गर्नुका साथै प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना लगाएतका नमूना योज्ञ कार्यहरु गरेकाले देशकै नमूना स्थानीय तहमा सूचिकृत भएको राष्ट्रिय योजना आयोका सदस्य मिनवहादुर शाहीले वताए ।

कालिकोट जिल्लाले सुखा, अति दुर्गम तथा पिछडिएको छेत्रको रुपमा लिईने गरेका छन । सुख्खा क्षेत्र घोषणा गरेको यो गाउँपालिकामा नयाँ संरचना सगै निर्वाचित जनप्रतिनिधिहरुको सक्रियताले नमूना गाउँपालिका वन्न सफल भएको गाउँपालिका अध्यक्ष बमले वताए ।

यूवा कार्यदलले पालिकाभरी हुने बिकास निर्माण देखि अन्य सामाजिक कार्यहरु गर्दछन । यस पालिकाले युवा कार्यदल हाल थपेर १ सय ५० बनाउनुका साथै युवा रोजगारिका कार्यक्रमलाई निरन्तरता दिईरहेका छ ।

प्रतिक्रिया दिनुहोस्