रुकुम जिल्ला अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फछ्र्योट



सम्बन्ध बिच्छेदका मुद्धा सबै भन्दा बढी

धनवीर दाहाल, रुकुम ।
जिल्ला अदालत रुकुमले आर्थिक बर्ष ०७४/०७५ मा लक्ष्य भन्दा बढि मुद्धा फछ्र्योट गरेको छ । ७० प्रतिशत मुद्धा फछ्र्योट गर्ने लक्ष्य भएपनि रुकुम जिल्ला अदालतले ७४ प्रतिशत फछ्र्योट गरेको श्रेष्तेदार तेजप्रसाद पौडेलले बताउनुभयो ।
आर्थिक बर्ष २०७४/०७५ मा जम्मा ४५१ मुद्धा मध्य १९१ मुद्धा सम्बन्ध बिच्छेदका रहेको रुकुम जिल्ला अदालतले जनाएको छ ।

जम्मा ४५१ मुद्धा मध्य गत आर्थिक बर्षमा ३३४ मुद्धा फछ्र्योट गरेको अदालतले जानकारी दिएको छ । सबै भन्दा बढी रहेका सम्बन्ध बिच्छेदका मुद्धा मध्य १४६ मुद्धा फछ्र्योट गरिएको र ४५ मुद्धा यस आर्थिक बर्षका लागी बाँकी रहेको श्रेष्तेदार पौडेलले जानकारी दिनुभयो ।

यसै गरी अंश मुद्धा ५० मध्य ३४ फछ्र्योट भएको र १६ बाँकी रहेको तथा लेनदेनको मुद्धा २९ मध्य २२ फछ्र्योट भएका छन् । जिल्ला अदालत रुकुमले रणनितिक योजनामा उल्लेख भए अनुसार बार्षिक ७० प्रतिशत मुद्धा फछ्र्योट गर्नुपर्नेमा लक्ष्य भन्दा बढी फछ्र्योट गरेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्