साधारणसभामा गुञ्जिए गीत



लमजुङ, (नेस)। लमजुङमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सो सभामा विभिन्न कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गरेका छन्।

कार्यक्रममा विशेष अतिथि लोकगायिका माया गुरुङले लोक जीवनमा आधारित आधा दर्जन गीत गाएर सहभागीले मन्त्रमुग्ध पारेकी थिइन्। उनले २०४५ सालमा राष्ट्रिय पुरस्कार जित्न सफल गाउँशहरमा लमजुङ दरबार, वर्ष दिनको तीजमा माइत जान पाइनँ राएरै बित्यो रात बरिलैलगायतका गीत गाउँदा दर्शक निकै रमाएका थिए। लोकगायिका गुरुङले मन्तव्यका क्रममा नागरिकता पाउन ३ वर्षसम्म अदालतमा मुद्दा लड्नुपरेको र त्यो बेला झेलेको दुःखका बारेमा नेपाल समाचारपत्रसहितका पत्रिकाले आफ्नो बारेमा समाचार लेखेर गरेको सहयोग कहिल्यै नभुल्ने पनि बताइन्। सो अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठानका गण्डकी अञ्चल सदस्य शंकर पन्त, लोक तथा दोहोरी गायिका शर्मिला थापा, गायकद्वय प्रशान्त तामाङ र विवेक धितालसहितले गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए।

प्रतिष्ठानका जिल्ला अध्यक्ष दीपक पौडेलको सभापतित्वमा भएको कार्यक्रममा कोषाध्यक्ष शर्मिला थापाले आर्थिक प्रतिवेदन र सहसचिव अनुज अधिकारीले
प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्