गजल छिमेकी



नेपालको साँध सीमा मिच्छ छिमेकीले
यतैको फोहोरमैला घिच्छ छिमेकीले।

उडाई त्यसका बाउका साँढे सगरमा
स्याटलाइटले फोटो खिच्छ छिमेकीले।

देखाइदिने उसको लुकाइलिने बानी
उचालेर ढुंगामुढा थिच्छ छिमेकीले।

उक्साई माथि–माथि सुताएर सडकमा
हाँसी–हाँसी डोजरले किच्छ छिमेकीले।

गरेजस्तो गर्छ पूजा छरेजस्तो अवीर
थुक्छ यी आँखा छली पिच्च छिमेकीले।
लुटिरहन्छ नेपाल यो गरिरहन्छ रजाइँ
सधैं पार्छ नेपाललाई ङिच्च छिमेकीले।

मरुभूमि नारायण, तनहूँ

प्रतिक्रिया दिनुहोस्