मेगा बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं, (नेस)
मेगा बैंक नेपाल र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार अब ग्राहकले मेगा बैंकका देशभरिका शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्