केसीसी पत्रकारिता पुरस्कार मैनाली र पकुवाललाई



काठमाडौं (नेस) । कान्तिपुर सिटी कलेज (केसीसी) द्वारा स्थापित ‘केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार, २०७५’ बाट वरिष्ठ पत्रकार मोहन मैनाली र माया पकुवाल सम्मानित भएका छन् ।

आईतबार केसीसीमा आयोजित एक कार्यक्रममा पत्रकारद्वयलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदादेवी तिम्सिनाले जनही २५ हजार रुपिया“ र ताम्रपत्रसहित सम्मान गर्नुभएको हो ।
वरिष्ठ पत्रकार मोहन मैनालीले विगत २८ वर्षदेखि वातावरण पत्रकारिताका क्षेत्रमा अनुसन्धानमूलक रिपोर्टिङ्ग, ग्रामीण क्षेत्रमा फिल्ड रिपोर्टिङ्ग, डकुमेन्ट्री र मिडिया तालिमकर्ताका रूपमा कार्य गर्दै आउनु भएको छ । त्यसैगरी, पत्रकार माया पकवाल झापाबाट प्रकाशित वरुण साप्ताहिकको प्रधान सम्पादक हुनुहुन्छ । पकवालको केही समय अघि मात्रै किड्नीको शल्यक्रिया गरिएको थियो ।

कार्यक्रममा बोल्नुहु“दै सूचना आयुक्त यशोदादेवी तिम्सिनाले दुबै पुरस्कृतहरू उत्कृष्ट र विवादरहित भएको बताउनुभयो । उहा“ले सूचनाको हक सबैले प्रयोग गर्नुपर्ने तथा सञ्चार माध्यामले सो हकका लागि काम गर्नुपर्ने बताउनुभयो । त्यसैगरी, नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता आपैmमा सुधार हुनुपर्ने पक्षहरू भएता पनि नयाँ आएका कानूनी व्यवस्थाले नेपाली पत्रकारहरूलाई सशङ्कित बनाएको बताउनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा कान्तिपुर सीटी कलेजका प्रोफसर डा. कुन्दन अर्यालले प्रेसलाई जिम्मेवार बनाउन अघि बढ्नुपर्ने र कानूनले यसलाई सहयोग नै गर्ने बताउनुभयो ।

कान्तिपुर सिटी कलेजले नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक अभ्यासमा लाग्दै देश र जनताको सेवामा महत्वपूर्ण योगदान पु¥याउनुहुने दुईजना क्रियाशील पत्रकारलाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड स्थापना गरिएको हो ।

सन् २००१ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई आमसञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर विषयमा अध्यापन गर्दै आएको कान्तिपुर सिटी कलेज पत्रकारितामा स्नातकोत्तर शिक्षणमा अग्रणी मध्ये हो । यस क्रममा यहाँका पत्रकारिताका करिब ३ सय ५० भन्दा बढी विद्यार्थीहरू देश–विदेशमा प्रतिष्ठित सञ्चार माध्यम तथा विश्वविद्यालयमा कार्य गर्दै छन् ।
सोही कार्यक्रममा केसीसी मिडिया जर्नल अङ्क २ को विमोचन पनि गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्