‘क्लिन’ र ‘ग्रिन’ वीरेन्द्रनगर अभियान



प्रकाश पन्त, वीरेन्द्रनगर
सधैं बच्चाहरुको चेकजाँचमा व्यस्त रहने बालरोग विशेषज्ञ डाक्टर नवराज केसी शनिवार विहान भने बीरेन्द्रनगर बजारको सडक र नाली सरसफाई गदै हुनुहुन्थ्यो । उहाँलाई वडा नम्वर ६ का वडासदस्य उपेन्द्र खड्कासहित सिद्धपाईला क्याम्पका विद्यार्थी स्वास्थ्यकर्मी र विङस फाउण्डेसनका सदस्यले पनि साथ दिइरहेका थिए । डाक्टर नै आएर घर अगाडीको फोहर उठाउन थालेपछि घरवेटीहरु पनि हतारहतार गदै सरसफाईमा मिसिए । डा. केसी उनीहरुलाई जथाभावि रुपमा फोहर नफाल्न र डस्विनको प्रयोग गर्न सम्झाउदै हुनुहुन्थ्यो । बीरन्द्रनगर बजारको बुद्धपथदेखि पिपलचौतारीसम्मको सडक र नालीको सरसफाई गरे ।

बालरोग विशेषज्ञ डाक्टर केसीको अगुवाईमा क्लिन बीरेन्द्रनगर अभियान थालिएपछि विगत एक महिनादेखि बीरेन्द्रनगर बजारमा यस्तो दृष्टि देखिन थालेको छ । उहाँको अभियानलाई विङस फाउण्डेसन, बीरेन्द्रनगर नगरपालिका, सरसफाई अभियन्ता लगायतले साथ दिएका छन । डाक्टर केसीले यो अभियानलाई तीब्र बनाउनु भएको छ । बीरेन्द्रनगर नगरपालिकालाई स्वच्छ, सफा र हराबरा बनाउनको लागि अभियान थालेको उहाँले बताउँनु भयो ।

वातावरण प्रदुषणकै कारण मानिस विभिन्न रोगले ग्रसित हुन थालेकोले स्वस्थ्यका लागि सरसफाई अपरिहार्य रहेकोमा उहाँले उल्लेख गर्नुभयो । सरसफाईमा सहयोग गर्न नगरबासीलाई आग्रह गदै उहाँले जथाभावी फोहर नफाल्न, कुहिने र नकुहिने फोहरलाई छुट्याएर डस्विनमा राख्नु पनि सुझाव दिनुभयो ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको बीरेन्द्रनगरलाई पहिला ‘क्लिन’ (सफा) र त्यसपछि ‘ग्रीन’ (हरित) सहरको रुपमा विकास गर्ने आफ्नो परिकल्पना रहेको डा. केसीले बताउँनु भयो । यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो उहाँले भन्नुभयो, नगरबासीलाई सरसफाईप्रति जागरुक बनाउन सके मात्र बीरेन्द्रनगर ‘क्लिन’ र ‘ग्रीन’ सहर बन्छ ।

आफुले थालेको अभियानलाई नगरपालिका, जनप्रतिनिधी, सरसफाई अभियन्ता, संचारकर्मी, विद्यार्थी, नगरबासी सवैले साथ दिदै आएको उल्लेख गदै उहाँले अभियान सुरु भएको महिना दिनमै नगर क्षेत्रको सरसफाईमा धेरै परिवर्तन आएको अनुभूति गरेको बताउँनु भयो ।
बीरेन्द्रनगरलाई सफा र सुन्दर सहर बनाउने अभियानलाई साथ दिन वडासदस्य उपेन्द्र खड्काले नगरबासीलाई आग्रह गर्नुभयो । बीरेन्द्रनगर नगरपालिकालाई सफा र सुन्दर बनाउने अभियानको उहाँले प्रशंसा समेत गर्नुभयो ।

मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत डाक्टर केसी बालबालिकाको उपचारको साथसाथै सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सुर्खेत, जाजरकोट लगायतका जिल्लाका दुर्गम गाउँबस्तीमा उहाँले आफ्नै खर्चमा निशुल्क बाल स्वास्थ्य शिविर संचालन गरी बालबालिकाको उपचार पनि गदै आउनु भएको छ ।

डा. केसीले अहिलेसम्म करिव २५ वटा भन्दा बढी बालशिविर संचालन गरिसक्नु भएको छ । उहाँले समस्या परेका आर्थिक रुपमा विपन्न बालबालिकालाई आर्थिक सहयोग गर्नेदेखि निशुल्क उपचार समेत गदै आउनु भएको छ । उहाँले विङ्स फाउण्डेसनमार्फत शारीरिक रुपमा असक्षम बालबालिकालाई पुर्नस्थापना केन्द्रमा राखेर उपचारमा पनि सहयोग गरिरहनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्