स्कुलमा विद्यार्थी पढाउँदै सशस्त्र प्रहरी



अनिल खत्री, गुल्मी
केहि दिन यता एउटा हातमा ८ देखि १० वटा चक्लेट लिएर बिद्यार्थी भएको कोठा सशस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्म पति डिएसपी दिनेश रायमाझी पुग्ने गर्दछन् । उनले सुरुमै भन्ने गर्दछन् बिद्यार्थीको ध्यान केन्द्रित गर्न चक्लेट देखाएर भने यो चक्लेट तपाईहरुको लागि हो ।

प्रहरी नयव उपरिक्षक रायमाझीले बिद्यार्थीहरुलाई भने,‘जस्ले हल्ला गर्छ उसले चक्लेट पाउछ, जो निदाउन उसले चक्लेट पाउछ र जस्ले सोधेको प्रश्नको जवाफ दिन्छ उसले चक्लेट पाउछ भनेपछी सबै बिद्यार्थी चुपलागे ।’ माध्यमिक तहमा पढने बिद्यार्थीहरुका लागि सुरु गरिएको जन चेतना मुलक लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी स्कुल कार्यक्रममा यसरी प्रस्तुति सुरु गरिएको थियो ।

उनले बिद्यार्थीको ध्यान केन्द्रित गर्न चक्लेटको सहारा लिएका थिए । जस्ले बिद्यार्थीहरु निकै चाखलाग्दो तबरबाट कक्षाहरु सुन्ने गर्दछन् । सशस्त्र प्रहरी वल गुल्म गुल्मीले गुल्मीमा स्कुल तथा क्याम्पसहरुमा जनचेतना कार्यक्रम सुरु गरेको छ । लागु औषध दूव्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी स्कुल तथा क्याम्पसहरुमा जनचेतना कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्र्तगत प्रहरी नायव उपरिक्षक आफु नै स्कुलहरुमा पुग्ने गरेका छन् ।

उनले बिद्यार्थीहरुलाई लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी जनचेतना मुलक प्रस्तुतिहरु दिनेक्रममा बिद्यार्थीहरुको हल्लालाई मथ्थर पार्न चक्लेटले शान्त पार्ने गर्दछन् । बिद्यार्थी र प्रहरी बिच साथित्वको भावना जगाउँदै समाज सुधार गर्न खटिने सुरक्षा कर्मीलाई सघाउनु पर्छ भन्ने भावनालाई जगाउन यस कार्यक्रमले महत्पूर्ण भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताए ।

लागु औषधको दुव्यसनीले समाज पार्ने नकरात्म असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा सशस्त्र प्रहरीले जनचेतना अभियान सुरु गरेको जनाएको छ । सशस्त्र प्रहरीले जिल्लाको सदरमुकाम तम्घासको रेसुङ्गा क्याम्पसबाट सुरु गरेको सचेतना अभियान सदरमुकाम तम्घासका अर्जुन आवासिय माध्यमिक बिद्यालय, सिद्धबाबा माध्यमिक, रेसुङ्गा माध्यमिक बिद्यालय र महेन्द्र माध्यम बिद्यालय सम्म अभियनाल चलिरहेको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक रायमाझीले बताए ।

सदरमुकाम भित्रका बिद्यालयहरुमा अभियान सम्पन्न गरेपछी ग्रामीण भेगका बिद्यालयहरुमा पनि लगिने प्रहरी नायव उपरिक्षक रायमाझीले बताए । बिद्यार्थीलाई जनचेतना मुलक प्रस्तुतिमा लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी बिभिन्न अबस्थाहरुमा केन्द्रित भएका कार्यक्रमहरु राख्ने गरिएको छ । स्कुल कार्यक्रमबाट स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी लागु औषध दूव्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्यले जनचेतना कार्यक्रम थालिएको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका सशस्त्र प्रहरी निरिक्षक देबराज मल्ल बताए ।

युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुल तथा क्याम्पसहरुमा जनचेतना मुलम कार्यक्रम राखिएको प्रहरी निरिक्षक मल्लले बताए । लागु औषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाज पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो । बिद्यार्थीहरु लाई लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दा का बेफाईदाहरु, समाज मा कस्ता असर पार्छ र कसरी निबारण गर्न सकिन्छ भन्ने जानकारी दिएका थिए ।

नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । प्रहरी उनायव उपरिक्षक रायमाझीले बिद्यार्थीहरुलाई लागु औषधको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने जानकारी गराउँदै प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु गराउने सम्म पुग्ने भएकाले सचेत रहन आग्रह गरेका थिए । सामाजिक संस्कार बिगार्ने,अपराध बढ्ने,दक्ष जनशक्ति कुलतमा फस्ने,अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, जस्ता समस्याहरु लागुऔषधद्धारा सृजित जटिल सामाजिक समस्या आइपर्ने जस्ता जटिलताहरु बताएका थिए ।

लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिईएको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । जनचेतना मुलक कार्यक्रममा बिपत व्यावस्थापन सम्बन्धी सशस्त्र प्रहरीले गरेका बिभिन्न उद्धार तथा सकरात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्