हेटौंडामा अटो/मयुरीलाई अब स्टिकर



हेटौंडा ।
हेटौंडा उपमहानगरमा अस्तव्यस्तरुपमा सञ्चालन हुँदै आएका अटो/मयुरीलाई ब्यवस्थित गरिने भएको छ । यस क्षेत्रमा सञ्चालन हुँदै आएका अटो÷मयुरीलाई उपमहानगरपालिकाले स्टिकर टाँसेरमात्र सञ्चालन गर्न दिने भएको हो ।
हाल भइरहेका अटो÷मयुरीको अस्तव्यस्ततामा सुधारका लागि स्टिकर टाँसेरमात्र सञ्चालन गर्न दिइने मेयर हरिबहादुर महतले बताउनुभयो । उपमहानगरपालिकामा बसेको यातायात समितिको बैठकले अटो÷मयुरीलाई स्टिकर टाँसेरमात्र सञ्चालन गर्न दिने निर्णय गरिएको यातायात समिति संयोजक गोकर्ण पराजुलीले बताउनुभयो ।
उपमहानगरपालिकाले स्टिकर दिँदा अटो÷मयुरीको ब्लुबुकको फोटोकपी, रुटपरमिट, बिमा,लाइसेन्सको फोटोकपी लिएरमात्र दिन लागिएको हो । हाल बिनाकागजात अटो÷मयुरी सञ्चालनमा रहेकोले यसलाई ब्यवस्थित गर्न लागिएको मेयर महतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्