ब्यबसायिक कर तत्काल घटाउन माग, सम्बोधन नभए कडा आन्दोल गर्ने चेताबनी



नुवाकोट ।
नुवाकोटका होटल सञ्चालकहरुले होटल ब्यबसायलाई धराशय बनाउने नितीका साथ बृद्धि गरिएको ब्यबसायिक सम्पति करको दायरालाई तत्काल घटाउन माग गरेका छन् ।

ब्यबसायिक सम्पति करमा बृद्धिसँगै होटल ब्यबसायिहरु प्रत्यक्ष मारमा परेको भन्दै होटल तथा रेष्टुरेण्ट ब्यबसायिक संघ नुवाकोटले बिदुर नगरपालिका समक्ष करको दायरालाई घटाउन बिज्ञप्ती जारी गरी ध्यानाकर्षण गराउने तयारी गरेका छन् । बिदुर नगरपालिका लगायत जिल्लाको सबै स्थानीय तहले ब्यबसायिक सम्पति करको नाममा चर्को मूल्य तिर्नुपर्ने निती बनाएसँगै नगरपालिकाकाले ब्यबसायीहरु माथि लगाएको कर अनियन्त्रित र आधारबिहिन रहेको संघले जनाएको छ । संघले पत्रकार सम्मेलन गरी बिदुर नगरपालिकाबाट ब्यबसायीहरुको ढाडसक्ने गरी अचानक बृद्धि भएको ब्यबसायिक सम्पति करको बिरुद्ध घोर भत्र्सना गरेको छ । यस्तै, कार्यक्रममा नुवाकोट उद्योग बाण्ज्यि संघका कोषाध्यक्ष गीता अमात्यले नुवाकोट भित्रने तिनै सडकमार्गको अबस्था जोखिम र निर्माणधिन अबस्थमा रहेको र रसुवागढी नाका पनि बन्द रहेको समयमा नुवाकोटमा बृद्धि भएको ब्यबसायिक सम्पति करले ब्यबसायक नागरिकहरुमाथि अन्याय भएको बताउनुभएको छ । नुवाकोट उद्योग बाण्ज्यि संघका कोषाध्यक्ष अमात्यले बिना आधार बढाएको करको बिरुद्धमा गरेको बिरोधमाथि ऐक्यबद्धता जनाउदै स्थानीय निकायसँगै आपसी छलफल गरी बृद्धि भएको ब्यबसायिक सम्पति कर दायरालाई घटाउन समन्वयन गरी अगाडी बढ्दा उपयुक्त हुने धारणा ब्यक्त गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा होटल तथा रेष्टुरेण्ट ब्यबसायिक संघ नुवाकोटका उपाध्यक्ष दिपेन्द्र पौडेलले ब्यबसायिक सम्पति करमा भएको मूल्यबृद्धिका बिरोधमा आगामी १२ गते नगरपालिकालाई संघले बिज्ञप्ती जारी गरी बिदुर नगरपालिकाको ध्यानाकर्षण गराउने बताउनुभएको छ । होटल तथा रेष्टुरेण्ट ब्यबसायिक संघ नुवाकोटका उपाध्यक्ष पौडेलले संघबाट जारी बिज्ञी्प्तीको नगरपालिकाबाट कुनैपनि सुनुवाई नभए आफुहरु कडा आन्दोलन गर्न बाध्य हुने भन्दै चेतावनी समेत दिनुभएको छ । यस्तै, होटल तथा रेष्टुरेण्ट ब्यबसायिक संघ प्र्रदेश नम्बर ३ का संयोजक सन्तोष उपे्रतीले नुवाकोटमा २०६३ सालदेखि आधिकारीक रुपमा होटलहरु सञ्चालनमा रहे पनि पर्यटन र ब्यबसायीक क्षेत्रमा बजेट बियिोजित हुँदा स्थानयि निकायले होटल ब्यबसायसँग समन्वयन नगरेको गुनासो गर्नुभएको छ । नुवाकोट उद्योग बाणिज्य संघका प्रबत्ता समेत रहुनभएका उप्रेतीले पर्यटनको प्रचुर सम्भाबना बोकेको नुवाकोटमा पर्यटन क्षेत्रको बिकासको लागी स्थानीय तहसँग आपसी समन्वयन गरी आर्थिक बृद्धिदर उकास्न होटल तथा रेष्टुरेण्ट ब्यबसायिक संघ तयार रहेको बताउनुभएको छ ।

कार्यक्रममा होटल सञ्चालकहरुले होटल ब्यबसायलाई धराशय बनाउने नितीका साथ बृद्धि भएको ब्यबसायिक सम्पति करको दायरालाई घटाउन माग गरेका छन् । होटल सञ्चालकहरुले मनोमानी ढंगले बढाएको करको घोर भत्सर्ना गर्दै बिज्ञप्ती जारी गर्ने बिज्ञप्तीको सम्बोधन नभए आन्दोलन गर्ने चेताबनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्