तलरतामा अल्झिँदा पनि बैंकहरूको नाफा उच्च



पौने २५ खर्बको निक्षेपमा २१ खर्ब लगानी, ५३ अर्बभन्दा बढी खुद नाफा

नेपाल समाचारपत्र
काठमाडौं
बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७४÷७५ को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अधिकांश वाणिज्य बैंकको नाफामा उच्च वृद्धि देखिएको छ। चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, खराब कर्जा नियन्त्रणलगायतका वित्तीय सूचकहरू सकारात्मक देखिएका छन्। यसै सन्दर्भमा गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको वित्तीय अवस्थाका यस्तो देखिएको छ।

चुक्ता पुँजी

२८ वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्षको अन्त्यसम्म २४ वटा बैंकको मात्रै ८ अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याएका छन् भने ४ वटा बैंकको निर्धारित चुक्ता पुँजी पुग्न सकेको छैन। ३ वटा बैंकले १० अर्बभन्दा माथि चुक्ता पुँजी पुर्याएका छन्। सबैभन्दा बढी चुक्ता पुँजी कृषि विकास बैंकको १३ अर्ब ९३ करोड ७९ लाख रुपियाँ रहेको छ। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंकको १० अर्ब ६४ करोड ५५ लाख रुपियाँ पुगेको छ भने तेस्रो स्थानमा मेगा बैक नेपालको १० अर्ब २८ करोड रुपियाँ चुक्ता पुँजी रहेको छ।
सबैभन्दा कम चुक्ता पुँजी रहनेमा एनसीसी बैंक रहेको छ। यस बैंकको ४ जम्मा अर्ब ६७ करोड ९० लाख रुपियाँबराबर मात्रै चुक्ता पुँजी रहेको छ। एनसीसी बैंकले भदौ ४ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर बिक्री निष्काशन गरेको छ। यसपछि उक्त बैंको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपियाँ बराबरमात्रै पुग्ने देखिन्छ।

खुद नाफा

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका बावजुद पनि वाणिज्य बैंकहरूको नाफा बढेको देखिएको छ। तरलता अभावका कारण वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा नियन्त्रण गरे पनि गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले कुल ५३ अर्ब २४ करोड १७ लाख रुपियाँ बराबर खुद नाफा कमाएका छन्। आर्थिक वर्ष २०७३÷७४ मा वाणिज्य बैंकको खुद नाफा ४२ अर्ब ९३ करोड ९८ लाख रहेको थियो।गत आर्थिक वर्षमा दुई वटा वाणिज्य बैंकले ४ अर्बभन्दा बढी, ४ वटा बैंकले ३ अर्बभन्दा माथि, १० वटा बैंकले २ अर्बभन्दा माथि र २५ वटा वाणिज्य बैंकले १ अर्ब रुपियाँभन्दा बढी नाफा कमाएका छन्। ३ अर्ब रुपियाँभन्दा माथि कमाउनेमा कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् भने राष्ट्रिय वाणिज्य बैक र नबिल बैंकको खुद नाफा ४ अर्बभन्दा रहेको छ। तीन वटा बैंकको खुद नाफा भने १ अर्ब रुपियाँभन्दा कम देखिएको छ। एक अर्बभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक, जनता बैंक र सेञ्चुरी बैंक रहेका छन्।

सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंकले ६४ करोड रुपियाँ बराबरमात्रै नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा नेपाल बैंकले अरू बैंकको तुलनामा आफ्ना नाफा वृद्धि गर्न सफल भएको छ। उक्त बैंकले वार्षिक १ सय ५२ प्रतिशतले नाफा वृद्धि गरेको छ। त्यस्तै सिभिल बैंकले ८५ दशमलव २ प्रतिशत र सेञ्चुरी बैंकले ७४ दशमलव ६७ प्रतिशतले वृद्धि गरेका छन्।

अघिल्लो वर्षको तुलनामा ४ वटा बैंकले भने आफ्नो नाफा घटाएका छन्। माछापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक र प्रभु बैंकले अघिल्लो वर्षको भन्दा कम नाफा कमाएका हुन्।

निक्षेप र कर्जा

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२ दशमलव ५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १८ दशमलव २ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह २२ दशलमव ३ प्रतिशतले, विकास बैंकहरूको २५ दशमलव ६ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १६ दशमलव १ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा कृषि क्षेत्रतर्फको कर्जा ५० दशलमव ८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २० दशमलव ६ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा १९ दशलमव ३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २२ दशलमव ४ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा २६ दशमलव ३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६ दशमलव ७ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७४÷७५ मा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१ दशमलव ७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव ४ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ। अघिल्लो वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६० दशमलव ९ प्रतिशत र १३ दशमलव ९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ दशमलव २ प्रतिशतले बढेको छ नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो निक्षेप १४ प्रतिशतले बढेको थियो। २०७४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९ दशलमव ३ प्रतिशत, ३४ दशलमव ५ प्रतिशत र ४४ दशमलव ८ प्रतिशत रहेको छ।

समीक्षा वर्षमा वाणिज्य बैंकमा कुल २४ खर्ब ७२ अर्ब ८७ करोड रुपियाँ बराबर निक्षेप संकलन भएको छ। ८ वटा वाणिज्य बैंकले १ खर्बभन्दा बढी निक्षेप संकलन रहेका छन्। निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा देखिएको छ।

उक्त बैंकले १ खर्ब ६९ अर्ब ३३ करोड रुपियाँ निक्षेप संकलन गरेको छ। १ खर्ब ५१ अर्ब २० करोड रुपियाँ संकलन गर्दैै एनआईसी एसिया दोस्रो स्थानमा र १ खर्ब ४० अर्ब ७ करोड रुपियाँ संकलन गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक तेस्रो स्थानमा देखिएको छ। निक्षेप संकलन र कर्जा प्रवाहमा सिभिल बैंक सबैभन्दा कमजोर देखिएको छ। सिभिलले ४० अर्ब १ करोड २६ लाख रुपियाँ बराबरमात्रै निक्षेप संकलन गरेको छ। यस बैंकले सबैभन्दा कम अर्थात ३९ अर्ब ४० करोड ९ लाख रुपियाँ बराबर कर्जा लगानी गरेको छ।

२४ खर्ब ७२ अर्ब ८७ करोड रुपियाँ निक्षेप संकलन गरेका बैंकहरूले कर्जामा २१ खर्ब १५ अर्ब ९८ करोड ७ लाख रुपियाँ लगानी गरेका छन्। १ खर्ब भन्दामाथि लगानी गर्नेमा ४ बैंक राष्ट्रिय वाणिज्य बैक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंक रहेका छ। राष्ट्रिय वाणिज्य बैकले १ खर्ब २४ अर्ब ४२ करोड रुपियाँ, एनआईसी एसिया बैंकले १ खर्ब २१ अर्ब ३५ करोड रुपियाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब २० अर्ब ४० करोड रुपियाँ र नबिल बैंकको १ खर्ब १२ अर्ब ६५ करोड रुपियाँ लगानी गरेका छन्।

खराब कर्जा

कुनै पनि बैंकमा कुल कर्जाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ। तर, चालू आवको वित्तीय विवरणअनुसार कुनै पनि बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा
माथि नहुनुले उनी स्वस्थ रहेको देखिएको हो। खराब कर्जा बढी हुनेमा एनसीसी बैंक पहिलो नम्बरमा देखिएको छ। एनसीसीको खराब कर्जा ३ दशलमव ८९ प्रतिशत छ। त्यस्तै कृषि विकास बैंक, प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा पनि ३ प्रतिशतभन्दा माथि देखिएको छ। सबैभन्दा कम खराब कर्जा प्रवाह गर्नेमा भने स्ट्यान्डर्ड चार्टर्डस् बैंक देखिएको छ।

खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा

आर्थिक वर्ष २०७४÷७५ मा खुद ब्याज आम्दानीका आधारमा राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा रहेको छ। उक्त बैंकले १० अर्ब ५ करोड रुपियाँ आर्जन गरेको छ। उक्त बैंकले ६ खर्ब ६२ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाबाट नै ४ अर्ब ३२ करोड रुपियाँ खुद मुनाफा कमाएको हो। राष्ट्रिय वाणिज्य बैकसहित, कृषि विकास बैंक, नेपाल बैंक, नबिल बैक र नेपाल इन्भेष्टमेन्ट बैंकको ५ अर्बभन्दा माथि खुद ब्याज आम्दानी र सञ्चालन नाफा देखिएको छ। सबैभन्दा कम खुद ब्याज आम्दानी गर्नेमा भने सिभिल बैंक देखिएको छ।

प्रतिशेयर आम्दानी तथा बजार मूल्य

वाणिज्य बैंकहरूमध्ये प्रतिशेयर आम्दानीको आधारमा सबैभन्दा अगाडि राष्ट्रिय वाणिज्य बैक रहेको छ। जसको प्रतिशेयर आम्दानी ५४ दशमलव ४१ रुपियाँ रहेको छ। सबैभन्दा कम प्रतिशेयर आम्दानी भने सेञ्चुरी बैंकको ११ दशमलव ४७ रुपियाँ रहेको छ। एक वर्षको बजार मूल्यको आधारमा सबै बैंकहरूको शेयर मूल्य घटेका छन्। वाणिज्य बैंकहरूमा सबैभन्दा बढी शेयर मूल्य रहनेमा स्टान्डर्ड चार्टर्ड बैंकले आफ्नो स्थान सुरक्षित राखे पनि अघिल्लो आर्थिक वर्षको तुलनामा भने उक्त बैंकको शेयर मूल्य पनि घटेको छ।
उक्त अवधिमा ६ वटा बैंकको प्रतिशेयर मूल्य २ सय रुपियाँ भन्दा कम देखिएको छ। त्यस्ता बैंकहरूमा प्रभु बैंक, एनसीसी बैंक, सेञ्चुरी बैंक, मेगा बैंक, जनता बैंक र सिभिल बैंक रहेका छन्। गत वर्षको तुलनामा सबैभन्दा बढी एभरेस्ट बैंकको शेयर मूल्य घटेको छ। यस बैंकको शेयर मूल्यमा ७८ दशमलव ३ प्रतिशतले घटेको छ। त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकको शेयरमा पनि उच्च अंकले गिरावट आएको छ।

तरलता व्यवस्थापन

आर्थिक वर्ष २०७४÷७५ मा खुला बजार कारोबारमार्फत् १ खर्ब ७ अर्ब ३४ करोड तरलता प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। यसअन्तर्गत रिपो बोल कबोलमार्फत् कुल ६९ अर्ब ७२ करोड रुपियाँ र सोझै खरिद बोल कबोलमार्फत ३७ अर्ब ६२ करोड रुपियाँ तरलता प्रवाह भएको छ। साथै गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ३३ करोड रुपियाँ बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन्।

यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारमा वाणिज्य बैंक बाट ४ अर्ब ५ करोड अमेरिकी डलर खरिद गरी ४ खर्ब २२ अर्ब ३४ करोड रुपियाँ खुद तरलता प्रवाह गरेको छ।

पुनर्कर्जा

२०७४ साल असार मसान्तमा ६ अर्ब ९४ करोड रुपियाँ पुनर्कर्जा लगानीमा रहेकोमा गत असारसम्ममा १२ अर्ब २३ करोड रुपियाँ पुनर्कर्जा लगानीमा रहेको छ।
भूकम्प पीडितलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट अन्य बैंक तथा वित्तीय संस्थालाई शून्य ब्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्थाअन्तर्गत गत आर्थिक वर्षसम्ममा १ अर्ब ७९ करोड २४ लाख रुपियाँ स्वीकृत भएको छ। यस्तो कर्जा १ हजार ६७ जनाले उपयोग गरेका छन्।

अन्तर–बैंक कारोबार
आर्थिक वर्ष २०७४÷७५ मा वाणिज्य बैंकहरूले ११६१ अर्ब ३१ करोड र वाणिज्य बैंकहरूबीच अन्य वित्तीय संस्थाले ४९ अर्ब ४३ करोड रुपियाँ बराबरको अन्तर–बैंक कारोबार गरेका छन्। अघिल्लो वर्ष वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः १०६२ अर्ब ४ करोड रुपियाँ र ३८१ अर्ब २ करोड रुपियाँ बराबरको यस्तो कारोबार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्