जनहितमा काम भएनः नेता सिंह



काठमाडौँ ।
नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले दुई तिहाइ बहुमतको अनुभूति दिलाउने गरी जनहितमा सरकारले काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

जैशीदेवल युथ क्लबको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले ऐन तथा कानून निर्माणजस्ता काम छिटो सकेर जनताको प्रत्यक्ष सरोकार रहने विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाउन सुझाव दिनुभयो ।

काठमाडाँै उपत्यका सडक सुधार र वातावरण संरक्षणका कार्यमा आलोचना र राजनीतिक मात्र नगरी सहयोगी बन्न युवापुस्तालाई सल्लाह दिँदै नेता सिंहले समाजसेवाका माध्यमबाट जैशीदेवल युथ क्लबले जनताको मन जित्न सफल भएको भनी प्रशंसा गर्नुभयो ।

काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामाजिक सुधारका काममा क्लबले विशिष्ट योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभयो । उपप्रमुख हरिप्रभा खड्गीले भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माण गर्ने दायित्वलाई अब महानगरपालिकाले तीव्रता प्रदान गर्ने अठोट व्यक्त गर्नुभयो ।

क्लबका अध्यक्ष राजेश प्रजापतिले जनचेतना, समाजकल्याण, सांस्कृतिक सम्पदाको जर्गेना, स्वास्थ्य, सरसफाइ, खेलकुद, रक्तदानजस्ता कार्यमा क्लबले स्थानीयसँग हातेमालो गर्दै परिणाम देखिने गरी काम गरिरहेको बताउनुभयो ।

क्लबका महासचिव गोपाल प्रधानले परम्परा, सम्पदा र संस्कृतिको संरक्षण गर्ने काममा जनतासँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा नेता सिहले क्लबद्वारा प्रकाशित ‘रजतउत्सव स्मारिका’ विमोचन गर्नुका क्लबको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभएको थियो । समारोहमा क्लबको भवन निर्माणमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्