आवश्यक ऐन कानून छिट्टै बन्नेछः अध्यक्ष तिमल्सिना



बनेपा ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्थानीय तह र प्रदेश सरकारका लागि आवश्यक पर्ने ऐन, नियम र कानून छिट्टै बन्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभामा उहाँले समयमै ऐन नियम र कानूनको तर्जुमा हुन नसक्दा निर्वाचनका बेलामा जनप्रतिनिधिले बोलेका कुरा सङ्घीय र प्रदेश सरकारलाई कार्यान्वयन गर्न समस्या परेको छ भन्नुभयो ।

अध्यक्ष तिमल्सिनाले भवन र कर्मचारी नभएको कारण जनप्रतिनिधिले प्रभावकारी रुपमा काम गर्न नसकेको बताउनुभयो । उहाँले केही स्थानीय तहमा करको दर वृद्धि भएपनि यसलाई अतिरञ्जित गरी प्रचार नगर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “करको सदुपयोग गर्नुप¥यो, त्यसको दुरुपयोग गरेर मास्ने काम गर्नुभएन ।” पनौतीमा २० वर्ष अगाडि स्थापना भएको सो सहकारी संस्थामा सात हजार ८४३ जना सदस्य रहेको जनाइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्