सरकारले अराजकता निम्त्याउन खोज्योः शेखर कोइराला



सरोज यादव, मोरङ ।
नेपाली कांग्रेसका नेता तथा डा. शेखर कोइरालाले सरकारले नागरिकमाथि दमन गरी अराजकता निम्त्याउन खोजेको आरोप लगाएका छन । मोरङको सलकपुरमा नेपाल महिला संघ क्षेत्रीय समितीले आयोजना गरेको अन्तरक्रियामा कोइरालाले न्याय माग्ने जनतामाथि दमन गरेर अराजकता निम्त्याएको बताए । उनले सरकार अत्यन्तै गैरजिम्मेवारीका साथ प्रस्तुत भइरहेको आरोपसमेत लगाए । कञ्चनपुरमा बालिका बलत्कार प्रकरणमा सरकार र प्रहरीले दमन गरी जनतालाई आक्रोशित पारेकोउनले बताए ।

नयाँ कानुनको दम्भ देखाएर सरकारले चालेका कदमबाट देशमा मौलिक हक छ कि छैन भन्ने अवस्था आएको नेता कोइरालाको भनाई छ । सरकारको पछिल्ला क्रियाकलापले लोकतन्त्रलाई नै संकटमा पुर्याउन लागेको उनको भनाइ थियो । यस्तै फरक प्रशंगमा बोल्दै नेता कोइरालाले सरकारले नेपाली प्रेसलाई अंकुश लगाउने काम गरेको बताए । सरकारले प्रेसका व्यक्तिहरुलाई बोलाएर केरकार गर्दै सेल्फ सेन्सरसिप गर्न लगाएर लोकतन्त्रलाई नै प्रहार गर्न खोजेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्