श्रावणी स्नानका लागि बागमति घाट सफाइ



काठमाडौँ ।
ऋषि तर्पणी पर्वमा स्नान एवं तर्पण गर्न जाने भक्तजनलाई सहज होस् भनी बागमतिको मुहान क्षेत्रस्थित गोकर्णेश्वर नगरपालिका क्षेत्रका घाट सफाइ गरिएको छ ।

पतञ्जलि योग समिति सुन्दरीजल र ओखरेनी माध्यमिक विद्यालयले आज संयुक्तरुपमा नदी किनारका छ वटा घाट सफाइ गरेको हो । सुन्दरीजल, नयाँपाटी र उत्तरगया अर्थात् उत्तरवाहिनी तीर्थस्थल क्षेत्रका छ घाट सफाइ गरिएको समितिका युवा स्वयंसेवक अच्युत अर्यालले राससलाई जानकारी दिनुभयो ।

गोकर्णेश्वर मुनिको वाग्मतीमा ढल हालिएकाले शहरी क्षेत्रका तागाधारीसमेत स्नान, ऋषि तर्पण, पूजाआजाका लागि यस क्षेत्रका वाग्मती किनारमा जान्छन् । स्नान गर्न सकिने घाट क्षेत्रमा सफाइ गरेपछि श्रावणी स्नान गर्ने भक्तजनलाई सहयोग पुग्ने समितिले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्