कपिलवस्तुको चन्द्रौटामा मंसिर ६ बाट महोत्सव हुने



सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटामा आगामी मंसिर ६ गतेदेखि “पाँचौं चन्द्रौटा महोत्सव २०७५” संचालन हुने भएको छ ।
व्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गर्न लागेको हो । शनिबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष महादेव पोखरेलले महोत्सवबारे जानकारी दिनुभयो ।

स्थानीय कृषि उत्पादन, उद्योग, व्यापार व्यवसायको विकास र बजारीकरण, कला संस्कृतिको जगेर्नाका साथै धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवर्धन र प्रचारप्रसारमा टेवा पु¥याउन महोत्सव लगाउन लागिएको अध्यक्ष पोखरेलले बताउनुभयो । महोत्सवलाई भव्य र सभ्य रुपमा सफल बनाउन यस क्षेत्रका सबैसँग सहयोग र सहकार्य गरी अगाडि बढ्ने पोखरेलले प्रतिबद्धता जाहेर गर्नुभयो । महोत्सवबाट भएको आम्दानी व्यापार संघको भवन निर्माणमा खर्चिने संघले जनाएको छ । महोत्सव मंसिर १७ गतेसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्