मोरङका दुई विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्गको अध्ययन हुने



सरोज यादव, विराटनगर ।
मोरङका दुई विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्ग पढाई हुने भएको छ । मोरङको सदरमुकाम विराटनगर स्थित ऐतिहासिक आर्दश उच्चमावि र मोरङको पूरानो सदरमुकाम रंगेली स्थित पब्लिक उच्च माध्यमिक विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्ग पढाई हुने भएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सि.टी.ई.भी.टी)ले प्राविधिक शिक्षाको विकास, विस्तार र पहुचलाई मध्यनजर गरी श्रावण २८ गते बसेको बैठकले प्रदेश नं.१ का ७ वटा शिक्षण संस्थाहरुलाई प्राविधिक शिक्षा अध्यापनका लागि स्वीकृत दिएको थियो । जस अन्र्तगत मोरङ्गमा पब्लिक उच्च मावि रंगेली र आर्दश उच्च मा.वि विराटनगर छनौट भएका हुन् । सि.टी.ई.भी.टीको स्वीकृती सँगै अब यी विद्यालयमा नियमित डिप्लोमा सिभिल इन्जिनियरिङ्गको अध्यापन हुने भएको छ ।

सि.टी.ई.भी.टीको सामूदायिक विद्यालयमा प्राविधिक शिक्षा (टी.ई.सी.एस) कार्यक्रम र साझेदार शिक्षण संस्थामा प्राविधिक शिक्षा कार्यक्रम अन्र्तगत दुई विद्यालयले स्वीकृत पाए संगै ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ्ग पठाई हुने भएको हो । प्राविधिक शिक्षा अन्र्तगत सिभिल इन्जिनियरिङ्गको स्थानीय स्तरमै पढाई हुने भएसंगै विराटनगर र दक्षिर्णपूर्वी मोरङ्गका स्थानीय विद्यार्थी तथा अभिभावकहरु उत्साहित भएका छन् । पब्लिक उच्च माविका प्रार्चाय विरेन्द्रकुमार साहका अनुसार यसै शैक्षिक सत्रबाट ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ्ग तर्फ ४८ जना विद्यार्थी छनौट गरी पठन पाठन शुरु गरिने छ ।

उनले कक्षा सञ्चालनका लागी विभागले २ जना शिक्षक र २६ लाख रुपैया सहयोग गर्ने समेत जानकारी दिएका छन । यता रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाले पब्लिक माविमा डिप्लोमा सिभिल इन्जिनियरिङ्ग विषयकोे कार्यक्रम ल्याउन सफल भएको बताउदै प्राविधिक शिक्षा अब स्थानीय विद्यार्थीहरुको पहँुचमा समेत हुने बताए । उनले छिटो भन्दा छिटो यसै वर्ष देखि भएकै संरचनामा कक्षा सञ्चालन गरिने वातावरण मिलाउन लागेकोे समेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस्